राष्ट्रियसभा निर्वाचनका लागि डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना « Khabarhub

राष्ट्रियसभा निर्वाचनका लागि डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको निर्वाचन अधिकृतको कार्यालय डोटीको सिलगढीमा स्थापना भएको छ ।

आगामी माघ ९ गते हुने निर्वाचनका लागि सिलगढीमा कार्यालय स्थापना गरिएको हो । जिल्ला सदरमुकाम सिलगढीको जिल्ला अदालतमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको न्यायाधीश एवं निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए  ।

राष्ट्रियसभामा रिक्त हुन लागेका कूल १८ सदस्य पदमध्ये सुदूरपश्चिम प्रदेशमा दुई सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६ अनुसार निर्वाचन गराउन सुदूरपश्चिम प्रदेशका लागि डोटी जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेलाई निर्वाचन अधिकृतको अख्तियारी प्रदान गरिएको छ ।

सुदूरपश्चिमका प्रदेशसभा सदस्य ५३ र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष १७६ गरी कूल २२९ जना मतदाता रहेकोसमेत निर्वाचन अधिकृत काफ्लेले जानकारी दिए ।

राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट रिक्त रहेको दुई पदमध्ये एक जना महिला तथा एक जना पुरुष रहेको निर्वाचन आयोगको कार्यालयले जनाएको छ । राष्ट्रियसभाको निर्वाचन माघ ९ गते जिल्लाको पद्म पब्लिक मुक्तिनारायण माविमा हुने भएको निर्वाचन अधिकृत काफ्लेले बताए ।

दुई वटा मतदान केन्द्र रहेको निर्वाचनमा सोही स्थानमा ‘क’ र ‘ख’ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

राष्ट्रियसभा निर्वाचन गराउने कार्यतालिका अनुसार यही पुस १७ गते मतदाताको नामावली प्रकाशन गरी सोही दिन अपराह्न ४ बजेसम्म नामावलीमाथि दाबी विरोध गर्ने समय दिइएको छ । पुस १८ गते मतदाता उपर परेको उजुरी छानविन गरी अन्तिम नामावली पुस १९ गते प्रकाशन गरिने कार्यसूची रहेको छ ।

पुस २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन अधिकृतको कार्यालयले डोटीले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १ : ४९ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा