प्रधानमन्त्री ओलीको बाल्यकाल : कुरा खोलिदिने डरले साथीहरुले धेरै कुरा भन्दैन थिए ! « Khabarhub

प्रधानमन्त्री ओलीको बाल्यकाल : कुरा खोलिदिने डरले साथीहरुले धेरै कुरा भन्दैन थिए !

प्रधानमन्त्री ओलीले बयान गरे बाल्यकालको आफ्नो स्वभाव


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकासँग आफ्नो बाल्यकालको स्वभावबारे छलफल गरेका छन् ।

बुधवार राजधानीमा आयोजित ‘नयाँ वर्ष–नयाँ पाइला बालबालिकासँग प्रधानमन्त्री’ नामक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुले राखेका विभिन्न प्रश्नहरुको जवाफ दिइरहेका छन् ।

मञ्चमा प्रधानमन्त्री केपी शर्मा ओली र राधिका साक्य(ओली पत्नी) सँग सँगै बसेका केही विद्यार्थीले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका थिए ।  एक विद्यार्थीले बाल्य अवस्थामा तपाईको स्वभाव कस्तो थियो भनेर प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका थिए ।

जसको जवाफ प्रधानमन्त्री ओलीले यसरी दिए–

म औषत स्वभावको थिएँ । साधारण तया पढ्न अलिबढी रुचि थियो ।

पढ्न भन्दा खेल्न मन बढी लाग्थ्यो । बढी खेल्दा डर लाग्थ्यो कहिलेकाही । खेल्न लागेर पढाइ विग्रन्छ कि भनेर सोच्थे । अहिले को जस्तो खेलेर पनि केही गर्न सकिन्छ भन्ने अवस्था थिएन । अर्थात पहिला खेल अहिलेको जस्तो महत्वपूर्ण थिएन । त्यो बेलामा । त्यही भएर खेल्नुलाई राम्रो मानिदैन थियो ।

म झुठ बोल्न नसक्ने मानिस हुँ । बाल्यकालमा पनि झुठ बोल्न सक्दिन थिएँ । त्यसकारण प्राय साथीहरुले मलाई कतिपय कुराहरु भन्दैन थिए । म कुरा लुकाउन र झुठ बोल्न नसक्ने । कहिले काही साथीहरुले भनेका झुठा कुराहरु भनिदिन्थेँ । त्यही भएर मेरो आलोचना पनि गर्थे साथीहरु । किन भनिस् भनेर गाली गर्थे । तर म लुकाउँनै सक्दिन थिएँ के गर्ने ?

साथीहरुले यो कुरा चाँहि नभन है भन्थे । म पनि साथीहरुसँग हुन्छ भन्दिन्थें । तर अभिभावक, वुवा आमा, शिक्षकले के भएको हो भन्– भनेपछि म खुत्रुक्क भन्दिन्थें ।

मलाई बाल्यकालमा पुराना शास्त्रहरु पनि पढ्न मन लाग्थ्यो । घरका कामहरु म प्राय सक्ने सबै गर्थे । गोठको काम, लुगा धुने, भाँडा माँझ्ने काम ।

घरका कामहरु सानो हुन्छ भन्ने थाहा नै थिएन । म सबै गर्थे । भाँडा माझ्ने कपडा धुने लागयतका काम गर्थे । ति काम साना भन्ने गर्दा रहेछन्, पछि आएर थाहा पाए । तर कामहरु साना हुँदैनन् ।

एउटा आज्ञाकारी विद्यार्थी र आज्ञाकारी परिवारको सदस्य थिएँ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  २ : ३७ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)