भ्रमण वर्ष: एक रुपैयाँमा पर्यटकलाई बास ! | Khabarhub Khabarhub

भ्रमण वर्ष: एक रुपैयाँमा पर्यटकलाई बास !


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमण वर्षको प्रचार गर्न र यसलाई सफल बनाउन इलाममा सञ्चालित होटल एशोसिएशनले एक रुपैयाँमा पर्यटकलाई बास बसाएको छ । एशोसिएशनको सहकार्यमा जिल्ला सदरमुकाममा सञ्चालित पाँच वटा होटलले एक रुपैयाँमा पर्यटकलाई बास बसाएका हुन् ।

सन् २०१९ को अन्तिम दिन मङ्गलबार होटल ‘बुक’ गर्न पुगेका पहिलो (सेवाग्राही) पर्यटकलाई एक रुपैयाँमा बास बसाउनुका साथै सोही रकममा दुई छाक खानाको व्यवस्था गरिएको हो ।

विदेशी पर्यटकले आफ्नो देशमा फर्किएपछि नेपाल भ्रमण वर्ष सन् २०२० को राम्रो प्रचार गरुन् भनेर यस्तो कार्यक्रम ल्याइएको होटल व्यवसायी सङ्घ इलामका अध्यक्ष देवी पौडेलले बताए । उनका अनुसार पहिलोपटक इलाम बजारमा जापानी पर्यटक युकिड मितामुरा एक रुपैयाँमा बास बसेका हुन् ।

चियाबारी कटेजले मितामुरालाई एक रुपैयाँमा नै बास बसाउनुका साथै बेलुका र आज बिहानको खाना खुवाएको छ ।

होटल व्यवसायी सङ्घ इलामले भ्रमण वर्षलाई लक्षित गरी अघि सारेको योजनाअनुसार इलामको चियाबारी कटेजसहित ग्रिन भ्यू होटल, समिट होटल, हाम्रो पोख्रेली होटल र ग्रिनसिटी गेष्ट हाउसमा पाँच जना पर्यटकलाई भाग्यमानी पर्यटकको रुपमा लिँदै सो सुविधा प्रधान गरिएको थियो । उहाँहरुलाई स्वागतसहित प्रमाणपत्र वितरण गरी इलामको पर्यटन सद्भावदूतका रुपमा घोषणासमेत गरिएको छ ।

होटल व्यवसायी तथा चियाबारी कटेजका प्रोपाइटर थेवा तामाङले होटल व्यवसायीको नाताले विदेशी पर्यटकलाई आफूले स्वागत गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो । विदेशी पर्यटकले समेत आश्चर्यमा पर्दै इलामसहित नेपालको प्रचार गर्ने बताएका छन् । भ्रमण वर्षलाई सफल बनाउन इलामबाट काठमाडौँ चल्ने सुभेक्षा ट्राभल्सले आजदेखि सात दिनसम्म काठमाडौँबाट इलाम भित्रिने एक जना पर्यटकलाई निःशुल्क ल्याउने व्यवस्था गरेको छ ।

नेपाल भ्रमण वर्ष शुरु भएको पहिलो दिन उद्घाटनसहित विभिन्न कार्यक्रम भएका छन् । इलाम चोक बजारमा विद्यार्थी, नेपाल प्रहरी, नेपाली सेनालगायत जिल्लावासीले र्‍यालीसहित इलाम चोक बजारमा कोणसभा गर्दै पर्यटकलाई निम्तो दिइएको छ ।

कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले सुन्दर जिल्ला इलाममा भित्रिने पर्यटकले मनोरञ्जनका साथै धेरै ज्ञानबद्र्धक कुरा पाउने बताउनुभयो । कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, पर्यटक व्यवसायी, उद्योग वाणिज्य सङ्घका प्रतिनिधिलगायतले मन्तव्य राख्दै नेपाल भ्रमणको निम्तो बाँडेका थिए ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ३ : ०५ बजे

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी

सञ्चारमाध्यमलाई सञ्चारमन्त्रीले भने- निर्वाचनमैत्री ‘कन्टेन्ट’ लाई प्राथमिकता दिनुस्

काठमाडौं– सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गरी मुलुकमा सुशासन कायम

बोर्ड उदार हुँदा ‘रोकिन’बाट जोगियो ‘जेरी अन टप’, ‘कोशेढुंगा’ प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय

काठमाडौं – सेन्सर बोर्डले उदारता देखाउँदा नायक अनमोल केसी स्टारर

आईएफए २०२५ मा एलजीले जित्यो १३ प्रतिष्ठित पुरस्कार

काठमाडौं– एलजी इलेक्ट्रोनिक्सले आईएफए २०२५ मा उत्कृष्ट सफलता हासिल गरेको छ । आईएफए