काठमाडौं– ग्रेगोरियन पात्रोअनुसार बुधबारदेखि नयाँ वर्ष इश्वी सन् २०२० शुरू भएको छ । जिसस क्राइष्टलाई यातना दिएर मारिएपछि इश्वी संवत् मनाउन थालिएको बताइन्छ ।
ग्रेगोरी पात्रो इश्वी संवत्मा आधारित छ । यो संसारका सबैजसो ठाउँमा प्रयोग गरिन्छ । यसलाई जुलियन पात्रोको रूपान्तरण भनिन्छ ।
पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रो चलाएकाले यसलाई ग्रोगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिएको हो । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रशियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको बताइन्छ ।
खासगरी विश्वमा इसाई धर्मावलम्बीले ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्ष सन् २०२० मनाउँदै छन् । यद्यपि विश्वका अधिकांश मुलुकमा सो संवत् प्रचलनमा छ ।
इसाई धर्मका प्रवर्तक जिजस क्राइष्टको सम्झनामा उनको मृत्युपछि अनुयायीले यो संवत् प्रचलनमा ल्याएका हुन् । यसअघि जुलियस पात्रो प्रचलनमा थियो । शासक जुलियस सिजरले प्रचलनमा ल्याएकाले त्यसलाई जुलियस पात्रो भनिएको थियो ।
ग्रेगोरियन पात्रोअनुसार बुधबारदेखि शुरु भएको नयाँ वर्ष २०२० लाई विश्वभर हर्ष र उल्लासका साथ स्वागत गरिएको छ । अमेरिका, युरोप, अस्ट्रेलिया तथा एशियाली मुलुकहरुले नयाँ वर्षलाई महोत्सवका रुपमा स्वागत गरेका हुन् ।
चीनमा नयाँ वर्षको स्वागत
तस्वीरहरु– एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया