राजेश हमालले भने – हामी विश्वलाई नेपालमा स्वागत गर्न तयार छौँ « Khabarhub

राजेश हमालले भने – हामी विश्वलाई नेपालमा स्वागत गर्न तयार छौँ


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सरकारले चासोका साथ लिएको  ‘पर्यटन वर्ष २०२०’ को उद्घाटन समारोहबाट अङ्ग्रेजी नयाँ वर्षको शुभकामना दिँदै अभिनेता राजेश हमालले पर्यटन वर्षको शुरुवात गरेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० लाई राष्ट्रिय महोत्सवका रुपमा मनाउने सरकारको योजनाअनुरुप अङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसर पारेर ‘पर्यटन वर्ष २०२०’ को शुरुवात गरिएको हो ।

उद्घाटन समारोहमा बोल्दै अभिनेता हमालले सबै नेपालीलाई अङ्ग्रेजी नयाँ वर्षको शुभकामना दिए । उनले भने, ‘नेपाली दिदीबैनी दाजुभाइहरुलाई अङ्ग्रेजी नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना ।’

उनले पर्यटन वर्षलाई प्रवद्र्धन गरेका थिए । उनले नेपालको प्रकृति र वन्यजन्तु विश्वको आर्कषण भएको बताए ।

उनले भने, ‘हामी विश्वलाई नेपालमा स्वागत गर्न तयार छौँ ।’ उनले उपस्थित दर्शकलाई प्रश्न गरे – तपाईंहरु पनि विश्वलाई नेपालमा स्वागत गर्न तयार हुनुहुन्छ?

हमालको प्रश्नपछि दर्शकले हुटिङ गरेका थिए ।

सन् २०२० लाई सरकारले भ्रमण वर्ष २०२० का रुपमा मनाउँदैछ । सरकारले यस वर्ष मात्र २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ५ : ०९ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले