गुटको राजनीति त्यागेर पार्टीको सभापति बन्न देउवालाई नेता कोइरालाको आग्रह | Khabarhub Khabarhub

गुटको राजनीति त्यागेर पार्टीको सभापति बन्न देउवालाई नेता कोइरालाको आग्रह


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई सहमतिबाट महाधिवेशनको कार्यतालिका बनाउन र गुटको राजनीति त्यागेर सिंगो पार्टीको सभापति बन्न आग्रह गरेका छन्।

कोइरालाले बहुमतको आधारमा महाधिवेशनको मिति तोकिनु दुर्भाग्य भएको भन्दै कांग्रेस पार्टीको ईतिहासमा यस्तो कहिल्यै नभएको बताए।

कोइरालाले शेरबहादुर देउवा सिंगो पार्टीको नभई गुटको सभापति बनेकाले समस्या आएको बताए । उनले सभापतिकै कारण भ्रातृ एवं शुभेच्छुक संगठनहरु लथालिंग भएको आरोप लगाए । उनले सभापति देउवाले नैतिक बल गुमाईसकेकाले वाईडबडी र यति होल्डिङ्स जस्ता जघन्य भ्रष्ट्राचारका मुद्दामा प्रतिपक्षको हैसियतले आवाज उठाउॅन नसकेको बताए।

कोइरालाले आफू पार्टी मजबुत बनाउने अभियानमा लागेकाले कसैसँग आग्रह र पुर्वाग्रह नराखेको स्पष्ट पारे।

४४औं राष्ट्रिय मेलमिलापको अवसरमा नेपाली कांग्रेस मोरङले बयरवनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कम्युनिस्टहरुको उग्रराष्ट्रवादले मुलुकको राष्ट्रियता कमजोर बनेको बताए। उनले कांग्रेसलाई अति राष्ट्रबाद र उग्रराष्ट्रबाद स्वीकार्य नहुने प्रष्ट पारे।

“२०३३ सालमा बीपी कोइरालाले मेलमिलापको नीति लिएर नेपाल फर्कंदा जस्तो अवस्था थियो अहिले पनि राष्ट्रियता र प्रजातन्त्रको अवस्था उस्तै छ।” कोइरालाले भने-“त्यतिबेला राजा राष्ट्रियताका प्रतिक थिए त्यसैले बीपीले राष्ट्रियताको सवालमा मेरो र राजाको घाँटी जोडिएको छ भन्नुएको थियो। प्रजातन्त्रको सवालमा जनतासँग छु भन्नुभयो। प्रजातन्त्रको सवालमा जीवनभर राजासँग लडिरहनुभयो तर सम्झौता गर्नुभएन।”

वर्तमान सरकारले “नियन्त्रित प्रजातन्त्र” मार्फत मुलुकलाई एकदलीय ब्यवस्थामा लैजान लागि परेको उनको आरोप थियो । यो सरकारले प्रतिपक्षलाई दबाउने, कर्मचारीलाई समायोजनका नाममा तर्साउने,अध्यादेश मार्फत नागरिक र प्रेसका संवैधानिक हक-अधिकार खोस्ने, न्यायलय कब्जा गर्ने,सुरक्षा अंगमाथी नियन्त्रण राख्ने जस्ता सर्वसत्तावादी  चरित्र देखाएकाले प्रजातन्त्रमाथी खत्तरा बढेको बताए।

आफुले सरकार खोजिरहेको र कतै सरकार नभेटेको बताउँदै डा कोइरालाले अराजकता,भ्रष्टाचार र दण्डहिनतामा मात्रै सरकार भेटिएको बताए।

पछिल्ला दिनमा बढेको राष्ट्रपतिको सक्रियताप्रति आलोचना गर्दै कोइरालाले भने-“संवैधानिक राष्ट्रपतिले पदीय मर्यादा र गरिमा भुलेर दलीय कार्यकर्ताले जस्तो सक्रिय भूमिका देखाउन थालेकाले विभिन्न शंका उपशंका सिर्जना गरेको छ।”

सरकारले यति होल्डिङ्स लगायत केही सिमित व्यवसायीहरुलाई पक्षपोषण गरेर राष्ट्रिय सम्पतिमाथि अतिक्रमण गरिरहेको आरोप कोइरालाले लगाए।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले विधान मिचेर जथाभावी गर्न सभापतीलाई छुट नभएको बताएका थिए ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ५ : ५७ बजे

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

इलाम– १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा चुलाचुली गाउँपालिका-३ मिलन चोक

प्रहरी महानिरीक्षक खापुङ भन्छन् : भदौ २३ गते कसैले गोली चलाउन आदेश दिएको थिएन

काठमाडौं- नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङले गत भदौ २३ र

स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी

शिशुको आँखा परीक्षणका लागि तिलगंगाको सप्ताहव्यापी कार्यक्रम

काठमाडौं– तिलगंगा आँखा प्रतिष्ठानले विश्व मधुमेह दिवस र समय अघिनै

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं–  ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी