पशुपति आउने पर्यटकलाई रुद्राक्षको मालासहित स्वागत | Khabarhub Khabarhub

पशुपति आउने पर्यटकलाई रुद्राक्षको मालासहित स्वागत


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भ्रमण वर्ष शुरु भएको दिन विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा छिर्ने पहिलो पर्यटकलाई निःशुल्क प्रवेश दिइएको छ ।

पशुपति क्षेत्र विकास कोषले विदेशी पर्यटकलाई पशुपति क्षेत्र प्रवेश गराउन बनाएका चार काउन्टरमा शुरुमा आउने चार पर्यटकलाई निःशुल्क प्रवेश गराइएको हो ।

विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीले एकपटक दर्शन गर्नुपर्ने सूचीमा राख्ने पशुपति मन्दिर क्षेत्र अन्य धर्मावलम्बीका मानिसले पनि घुम्ने इच्छा गर्छन् ।

पशुपति क्षेत्रमा आउने विदेशी पर्यटकलाई पशुपति क्षेत्र विकास कोषले रु एक हजार शुल्क लिँदै आएको छ । भ्रमण वर्षको पहिलो दिन आज प्रवेश गरेका चार पर्यटकलाई शुल्क नलिई रुद्राक्षको माला लगाएर स्वागत गरिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

जापान, इटाली, चीनलगायत देशबाट नेपाल आई पशुपति क्षेत्रमा घुम्न आएका पर्यटकलाई स्वागत गरिएको उनले बताए ।

कोषले पशुपति क्षेत्रको पश्चिम मूलढोका, वत्सलेश्वरी, तिलगङ्गा र गुह्येश्वरी गरी चार वटा काउन्टर विदेशी पर्यटक छिराउन निर्माण गरेको छ । ती काउन्टरबाट आज बेलुकी पाँच बजेसम्म करीब २५० विदेशी पर्यटक प्रवेश गरेका छन् ।

यसैगरी नेपाल भ्रमणवर्ष सचिवालयले आज दशरथ रङ्गशालामा आयोजना गरेको उद्घाटन कार्यक्रममा भाग लिन पशुपति क्षेत्रबाट कोषका पदाधिकारीसहित कर्मचारी र्‍यालीसहित पुगेका थिए ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ६ : २० बजे

महिला समितिका पुरूष सभापतिलाई सांसदले बैठकमै हानिन् माइक र नेमप्लेट

काठमाडौं- संघीय संसद् बैठकमा देखिने घमासान अहिले संसदीय समितिमा पनि

रूकुम पूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादीमा समाहित

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टी (नेसपा)

मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्न नेपालले गरेका प्रयासबारे स्वास्थ्यमन्त्री पौडेलद्वारा जानकारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबैमा स्वास्थ्य पहुँचका लागि स्रोत

प्रहरी जवान चन्द्रिका, जसले बचाइन् सडकमा बेवारिसे सुत्केरी र शिशुको ज्यान

धनगढी- महिला प्रहरी जवान चन्द्रिका देउवालाई जिल्ला प्रहरी कार्यालय कैलालीले

हङकङमा साकेलाको रमझम, पर्व मनाउने जग्गा दिन सरकारसँग माग

हङकङ– आदिवासी जनजातिको बाक्लो उपस्थिति रहेको हङकङमा साकेला उभौली तथा