रास्वपा बैठक : उपसभापति वाग्ले पनि अनुपस्थित « Khabarhub

रास्वपा बैठक : उपसभापति वाग्ले पनि अनुपस्थित


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा पार्टी उपसभापति स्वर्णिम वाग्ले पनि अनुपस्थित छन् । 

अर्थमन्त्रीसमेत रहेका वाग्ले आजको केन्द्रीय कमिटी बैठकमा अहिलेसम्म नपुगेको जानकारी नेताहरुले दिएका छन् । 

मन्त्रालयमै कार्यव्यस्तता भएकाले उनी बैठकमा नपुगेको बताइन्छ । आज जान्छन् या जाँदैनन् भन्ने बारे उनको सचिवालयले पनि जानकारी दिन सकेन । 

बैठकमा पार्टी वरिष्ठ नेता बालेन्द्र शाह पनि अनुपस्थित छन्।  उनी मुस्ताङतिर सडक मार्ग हुँदै आज नै गएका हुन् ।

बैठकले आगामी स्थानीय तह निर्वाचनको रूपरेखा तयार गर्नेछ । भने पार्टी सचिवालय पदाधिकारी र केही केन्द्रीय सदस्य मनोनीत गर्नेछ।

स्थानीय तहको उम्मेदवार छनोटका लागि समितिसमेत गठन गर्ने बताइएको छ। 

आजको बैठकले एउटा मासिक पत्रिका सार्वजनिक गर्ने विषयमा पनि निर्णय लिने बताइएको छ । 

पार्टी महामन्त्री विपिनकुमार आचार्यले बैठकको एजेण्डा राखेपछि बैठक सुरु भएको केन्द्रीय सदस्यहरूको भनाइ छ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  १ : ४२ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार