दयनीय स्वास्थ्य सेवा, जिल्ला अस्पतालमा छैन एक्सरे मेसिन « Khabarhub

दयनीय स्वास्थ्य सेवा, जिल्ला अस्पतालमा छैन एक्सरे मेसिन


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोट अस्पतालमा डिजिटल एक्सरे नहुँदा दैनिक उपचारमा समस्या भएको छ ।

बिरामीलाई तत्काल सेवा प्रवाह गर्नका लागि र रोग पत्ता लगाउन डिजिटल एक्सरेको आवश्यकता पर्ने भए पनि जाजरकोट अस्पतालमा सो नहुँदा दैनिक समस्या भएको जाजरकोट अस्पतालका प्रमुख राजेन्द्र लामाले बताए ।

५० शय्याको अस्पतालको स्तरोन्नतिसँगै बिरामीको चाप बढे पनि सोअनुसारको सामग्री नहुँदा उपचारमा समस्या आउने गरेको छ ।

अस्पतालमा चिकित्सक भए पनि उपकरणको अभावमा भने जति सेवा प्रवाह गर्न नसकिएको उनको भनाइ छ । उपचारमा आएकामध्ये ७० प्रतिशत बिरामीको एक्सरे गर्नुपर्ने अवस्था भए पनि पुराना र छिटो, छरितो सेवा प्रवाह गर्न सक्ने खालका उपकरण नहुँदा समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताइन् ।

विसं २०२७ मा निर्माण भएका पुराना भवनमा सेवा दिँदा समस्या भएको अध्यक्ष बस्नेतको भनाइ छ । ‘डिजिटल एक्सरे भएमा बिरामीलाई तत्काल समस्या पत्ता लगाउन सकिन्छ र अन्य एक्सरेभन्दा स्पष्ट देखिने गर्छ,’ अस्पतालका प्रमुख लामाले भने ।

भिडियो एक्सरे भए पनि पुरानो भएकाले काम गर्दा समस्या आउने गरेका अस्पताल प्रशासनले बताएको छ ।

त्यस्तै सुत्केरी सेवा दिनका लागि पर्याप्त ठाउँ नहुँदा सास्ती हुँदै आएको छ । ठाउँ, ठाउँमा चिरा परेको पुराना भवनमा सेवा प्रवाह गर्दा गाह्रो भएकोे अध्यक्ष बस्नेतले बताउनुभयो । भवनकै अभावमा चिकित्सकलाई राम्रो आवासको व्यवस्था गर्न सकिएको छैन् ।

जाजरकोट अस्पतालको फार्मेसी सेवा प्रभावकारी नहुँदा दुःख पाएको बिरामीले बताएका छन् । औषधि बिक्री भएको रकमसमेत नियमित जम्मा नहुँदा र जसलाई चाहिन्छ, उसैले लिने गरेको पाइएको छ । तीन वर्ष अघि टिकट काटेको रकम अहिलेसम्म अस्पतालको खातामा जम्मा हुन सकेको छैन ।

अस्पतालबाट उठेको रकम बैंकिङ प्रणालीमार्फत् जम्मा भई काम हुनुपर्नेमा जसले टिकट काट्छ, उसले नै व्यक्तिगत रुपमा चलाउँदा दुरुपयोग भएको हो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १० : २८ बजे

पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ?

काठमाडौं – तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना

चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी