पार्टी विधि र विधानअनुसार चल्न सकेनः नेता सिंह « Khabarhub

पार्टी विधि र विधानअनुसार चल्न सकेनः नेता सिंह


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र विधानअनुसार चल्न नसकेको बताएका छन् ।

बीपी कोइराला स्मृति ट्रष्टले ४४औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले वर्तमान पार्टी नेतृत्व विधि विधान अनुसार चल्न नसकेको आरोप लगाए ।

नेता सिंहले अलोकतान्त्रिक तवरले हिँडेको पार्टी नेतृत्वलाई विधि, विधान, पद्दति र अनुशासनमा हिँडाउनका लागि आफूहरु लागि परेको बताए ।

“पार्टीले बीपी कोइरालाले देखाएको बाटो बिराउँदै गइरहेको छ, पार्टी दुर्घटना हुनबाट जोगाउन सबै एकजुट हुनुपर्छ,”–उनले भने ।
पार्टीका नेता एवं पूर्वमन्त्री डा रामशरण महतले पार्टी अहिले दुर्भाग्यपूर्ण मोडमा आएको बताए ।

“बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायका नेताको दर्शन, एकता र मेलमिलापको बाटोमा हिँड्न सबै एकजुट हुनुपर्छ,”–उनले भने ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ८ : ०५ बजे

‘क्रुड आयल’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौं– नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडी – जिल्लाको सिगास गाउँपालिका–८ स्थित सानीगाड खोलामा आज ट्याक्टर

विपिन र केकीको ‘काजी’ जेठ ८ मा प्रदर्शन हुने

काठमाडौं – नायक विपिन कार्की र नायिका केकी अधिकारी शीर्ष

विषादीरहित तरकारी उत्पादनमा किसान

टीकापुर–  यहाँका किसान विषादीरहित प्राकृतिक तरकारी उत्पादनमा लागेका छन् ।

हावाहुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

सिरहा– जिल्लामा यस वर्ष आँप उत्पादनमा ह्रास आउने भएको छ