प्रसूति व्यथा लागेकी महिलाको हेलिकोप्टरमार्फत उद्धार | Khabarhub Khabarhub

प्रसूति व्यथा लागेकी महिलाको हेलिकोप्टरमार्फत उद्धार


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- सुत्केरी व्यथा लगेकी रुकुम (पूर्व)की एक महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

सुत्केरी व्यथाबाट ज्यान जोखिममा परेकी रुकुम (पूर्व) पुथाउत्तरगङ्गा गाउँपालिका–५ गरेकी २६ वर्षीया लीलामती विकको बुधबार हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

हेलिकोप्टरमार्फत विकलाई नेपालगञ्ज लगिएको रुकुम (पूर्व)का प्रजिअ मोहनप्रसाद अर्यालले जानकारी दिए ।

४८ घण्टाअगाडि सुत्केरी व्यथा शुरु भए पनि आजसम्म बच्चा जन्मिन नसकेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको प्रजिअ अर्यालले बताए ।

विकलाई सुत्केरी व्यथा लागेपछि स्थानीय स्वास्थ्यचौकीमा लगिएको तर त्यहाँका स्वास्थ्यकर्मीले यो बच्चा निकाल्न जिल्लामा असम्भव हुने बताएपछि विकलाई नेपालगञ्ज रिफर गरिएको थियो ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ९ : २० बजे

खडेरीले सुकायो कलधारा

सिरहा– लहान नगरपालिका-१ र २ मा पर्ने मटियर्वा र मिलन चोक

दक्षिण कोरियामा भारी वर्षाका कारण १४ जनाको मृत्यु, १२ बेपत्ता

सियोल- दक्षिण कोरियामा पाँच दिनसम्म परेको भारी वर्षाले १४ जनाको

सदस्यता ‘पेन्डिङ’मा राखेका ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई बोलाए च्यासल

काठमाडौं- एक वर्षअघि नै नवीकरण गरिसकेको संगठित सदस्यता पेन्डिङमा राखेको

बिरामी मोहन वैद्य भेट्ट घरमै पुगे प्रचण्ड

काठमाडौं- गत जेठदेखि गम्भीर बिरामी परेका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका

खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहोस् घरमा मिठो पराठा

काठमाडौं– घरमा बाँकी खानाले अक्सर टाउको दुख्ने गर्छ । विशेष