पाँच किलो चरेससहित पक्राउ « Khabarhub

पाँच किलो चरेससहित पक्राउ


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँको नागढुङ्गाबाट झण्डै पाँच किलो चरेससहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रगिरि नगरपालिका–२ नागढुङ्गाबाट चार किलो ८०० ग्राम चरेससहित मकवानपुर थाहा नगरपालिका–७ का ५९ वर्षीय भगवान् खत्रीलाई आज प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको ना१ज ५३७१ नंको टाटासुमो जाँच गर्ने क्रममा चरेस फेला परेको हो ।

खत्रीले झोलामा लुकाई छिपाई चरेस ल्याउँदै गरेको पाइएको प्रहरीको दाबी छ । यो घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । नागढुङ्गा विभिन्न जिल्लाबाट लागुऔषध भित्र्याउने मुख्य नाकाका रुपमा चिनिन्छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ९ : ४६ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ