अब मेट्रोबाट घुमुवा प्रहरी परिचालन नहुने « Khabarhub

अब मेट्रोबाट घुमुवा प्रहरी परिचालन नहुने


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी (मेट्रो पुलिस)ले सादा पोषाकमा परिचालन हुने घुमुवा प्रहरी खारेज गरिदिएको छ ।

महानगरीय प्रहरी आयुक्त प्रहरी नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले सूचना संकलनका लागि भनेर यसअघि परिचालन हुने गरेका २५ जना घुमुवा प्रहरीलाई फिर्ता बोलाएका हुन् ।

डिआईजी पोखरेलले अब महानगरीय प्रहरी आयुक्तको कार्यालय मातहत कुनै घुमुवा प्रहरी नरहने बताए ।

सूचना संकलनका लागि भनेर परिचालन हुने भएपनि घुमुवा प्रहरीहरु विभिन्न प्रकरणमा मुछिएर विवादमा आउँदै गरेका थिए ।

घुमुवा प्रहरीहरु विभिन्न प्रकरणमा पैसा उठाउनेदेखि अपराधिक गतिविधिमा संलग्न हुने गरेका थिए ।

‘निर्धारण गरिएको जिम्मेवारीभन्दा अन्यत्र लाग्ने गरेका कारण घुमुवा प्रहरीहरुका कारण संठनकै बदनाम हुने गरेको देखियो,’ डिआईजी पोखरेलले भने, ‘अब सूचना संकलनको काम युनिटबाटै गर्छौं ।’

यसअघि घुमुवाका रुपमा परिचालन भएका प्रहरीलाई कार्यालयमा फिर्ता बोलाएर नियमित काममा पठाइने डिआईजी पोखरेलले बताए ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ११ : ३६ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन