बैतडीका उच्च पहाडी क्षेत्रमा हिमपात, विद्युत सेवा अवरुद्ध | Khabarhub Khabarhub

बैतडीका उच्च पहाडी क्षेत्रमा हिमपात, विद्युत सेवा अवरुद्ध


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– मौसममा आएको परिवर्तनसँगै बैतडीका उच्च लेकाली भेगमा हिमपात भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । यसवर्ष मङ्सिरको अन्तिम साता पहिलोपटक हिमपात भएको थियो ।

गएरातिदेखि उच्च क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले जनाएका छन् । हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको खोड्पेका स्थानीय मोहन विष्टले बताए ।

सुर्नया–८ का वीरबहादुर बोहराले  हिमपातले बाहिर निस्कनसमेत मुस्कील भएको जानकारी दिए । हिमपातले चिसो बढेसँगै बस्तुभाउ स्याहारमा समेत समस्या भएको स्थानीयले बताएका छन् ।

सिँचाइ नभएका क्षेत्रमा वर्षा र हिमपातले सिँचाइको काम गर्ने भएकाले किसान खुशी भएका छन् । हिमपातले विभिन्न बालीनाली नष्ट पार्ने कीरासमेत मर्ने गरेका कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले लेकाली भेगका ठाँउमा चिसोबाट बच्न सतर्कता अपनाउन सूचना जारी गरी र औषधि आपूर्तिका लागि स्थानीय तहलाई निर्देशन दिइसकेको बताए ।

यसैबीच बैतडीमा विद्युत् सेवा अवरुद्ध भएको छ । राति चलेको हावाहुरीले बैतडीको खोड्पे क्षेत्रमा लाइनमा समस्या आएको नेपाल विद्युत् प्राधिकरण बैतडीले जनाएको छ । विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  १ : ४४ बजे

ऊर्जामन्त्रीको गुनासो- बत्ती गयो भन्दै मध्यराति विदेशबाट फोन गरेर हैरान बनाउँछन्

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मध्यरातको समयमा बत्ती

पासपोर्टको ठेक्कामा बिचौलियाको चलखेल ?

काठमाडौं- परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागले आम नागरिकलाई पासपोर्टको अभाव हुन

भारततर्फ विद्युत् निर्यात सुरू, ऊर्जामन्त्री भन्छन्- लोडसेडिङको हल्ला निराधार

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘लोडसेडिङ भयो’ भनेर

आचरण सुधार गरेमा असल समाज निर्माण हुन्छ : महासचिव पोखरेल

देउखुरी– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मानिसले आचरण सुधार गरेमा

मौसम विभागले भन्यो- यसपाली मनसुनमा सरदरभन्दा बढी वर्षा हुनसक्छ

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी