पूर्वपश्चिम राजमार्ग दैजी–झलारी खण्ड अवरुद्ध « Khabarhub

पूर्वपश्चिम राजमार्ग दैजी–झलारी खण्ड अवरुद्ध


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भीमदत्तनगर– मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै पूर्वपश्चिम राजमाग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी–झलारी खण्ड अवरुद्ध भएको छ ।

मङ्गलबार राति सो सडकखण्ड अन्तर्गत कृष्णपुर नगरपालिकास्थित आमखैया जङ्गलमा भारतीय पर्यटक बसले बेदकोट नगरपालिका–३ का ४४ वर्षीय जय रानालाई ठक्कर दिँदा मृत्यु भएपछि स्थानीयवासिन्दाले आज विहानदेखि सो सडकखण्ड अवरुद्ध पारेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बस चालकलाई नियन्त्रणमा लिएको र राजमार्ग खुलाउने प्रयास भइरहेको जनाएको छ । भीमदत्तनगरबाट बुटवलतर्फ गइरहेको युपी १७ एटी १०६६ नम्बरको बसले विपरीतदिशाबाट म १ प ९०२७ नम्बरको बसमा घर आइरहेका रानालाई ठक्कर दिएको थियो ।

मृतकका आफन्तले शव बुझ्नसमेत मानेका छैनन् । मृतकको शव धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ । ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  २ : २९ बजे

इरान–इजरायल द्वन्द्व : दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित

दुबई– मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी

आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागको अनुरोध

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अन्तर्राष्ट्रिय बजारमा देखिएको

नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण

मध्यविन्दु– नारायणी नदीको कटान रोक्न नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गजेन्द्र मोक्षधाम तथा

जीवनको तस्बिर बदलेका उद्यमी भीमबहादुर

झापा– कुनै समय झापाको मेचीनगर–२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराईको