नख्खु कारागारका ३ सय ९३ कैदीबन्दी मानसिक रोगको शिकार « Khabarhub

नख्खु कारागारका ३ सय ९३ कैदीबन्दी मानसिक रोगको शिकार


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरको नख्खु कारागारमा रहेका ३९३ जना कैदीबन्दीहरु मानसिक रोगका बिरामी रहेका छन् ।

समाजमा विभिन्न कसुर गरेवापत जेलजीवन भोग्न बाध्य भएका कूल एक हजार ५ सय ४७ कैदीबन्दीमध्ये ३ सय ९३ जना मानसिक रोगको बिरामी रहेका कारागारले जानकारी दिएको छ ।

लामो समय कारागारमा रहँदै जाँदा उनीहरुको मनोविज्ञान बिग्रेर यी कैदीबन्दीहरु मानसिक रोगको शिकार हुन पुगेका कारागारका सूचना अधिकारी डा नरेन्द्र परियारले जानकारी दिए ।

उनले भने, “कारागारमा मानसिक रोग लागेका मध्य बढी मात्राको औषधि सेवन गर्ने कूल १ सय ३० र सामान्य खालको औषधि सेवन गर्ने २ सय ६३ गरी कूल ३ सय ९३ जना बिरामी रहेका छन् ।”

उनका अनुसार कारागार परिसरमा भर्खरै मानसिक रोगका बिरामीको लागि १५ शै्याको ‘मनोसामाजिक अपाङ्ग वञ्जी अस्पताल’ को शुरुआत गरी यसैमा सो कैदीबन्दीलाई प्राथमिक तहको उपचार दिन शुरु गरिएको छ ।

कारागारमा बढी मात्राको औषधि सेवन गरिरहेका यस्ता बिरामीलाई आवश्यक परेको खण्डमा कारागारका प्रतिनिधिले बढी मात्रामा पाटन अस्पताल जचाउन ल्याउने गरेका मानसिक अस्पताल पाटनका सूचना अधिकारी डा अनन्तप्रसाद अधिकारीले जानकारी दिए ।

बिरामीको अवस्था हेरी पाटनले उनीहरुलाई एक हप्तासम्म अस्पताल राखेर जाँच गर्ने गरेको अधिकारीले बताए । अन्य कैदीबन्दीको तुलनामा मानसिक रोगका कैदीबन्दीलाई कारागारले रोगको अवस्था हेरी विभिन्न सुविधा दिने पनि गरेको छ ।

कारागारमा रहेका कूल कैदीबन्दीमा ३३६ लागुऔषध, २८६ जवरजस्ती करणी, २०९ कर्तव्यज्यान मुद्दा, १०३ डाकाडाली, एक सय जना बैंकिङ कसुर, ९२ चोरी मुद्दा, ३८ जना जीउज्यान, ३९ जना सवारीसाधन र ४३ जना राजस्व अपचलनमा सम्बन्धित रहेका कारागारले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ९ : ४५ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन