वनभोज मनाएर फर्किंदै गरेका किशोरमाथि गोली प्रहार « Khabarhub

वनभोज मनाएर फर्किंदै गरेका किशोरमाथि गोली प्रहार


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–५ विसनपुर गाउँमा वनभोज मनाएर फर्किंदै गरेका एक किशोरमाथि गोली प्रहार भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जलेश्वर नपा–५ विसनपुर गाउँ बस्ने सुन्दर कापरका छोरा अन्दाजी १४ वर्षीय अक्षय कापरमाथि गोली प्रहार भएको छ । छातिमा गोली लागेर घाइते भएका उनलाई थप उपचारका लाग गए राति नै काठमाडौं पठाइएकाे उनले जानकारी दिए ।

उनको काठमाडौँस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

सन् २०२० को अवसरमा आफ्नै गाउँसँग टाँसिएर रहेको भारतीय सीमा नजिकै साथीहरुसँग वनभोज मनाएर गाउँ फर्किंदै गरेका किशोरमाथि सोही गाउँमा बस्ने अन्दाजी ३९ वर्षको विनय सिंहले गोली प्रहार गरेको पीडितका परिवारजनले जनाएका छन् ।

गोली प्रहार गरी विनय सिंह भारततर्फ फरार भएका छन् भने प्रहरीले गोली हान्ने व्यक्तिको पहिचान भइसकेको तथा उनको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ९ : २२ बजे

मनिषलाई रोकेर रविकै निर्देशनमा विपिनलाई बनाउन खोजिएको थियो सर्वसम्मत महामन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक नेता विपिन आचार्यलाई सभापति रवि

काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार