सुडानमा सैन्य विमान दुर्घटना हुँदा कम्तिमा १८ को मृत्यु « Khabarhub

सुडानमा सैन्य विमान दुर्घटना हुँदा कम्तिमा १८ को मृत्यु


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुडानको सैन्य विमान वेस्ट डार्फर राज्यमा दुर्घटनामा परेको छ। घटनामा चार बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु भएको बताइएको छ।

प्रान्तीय राजधानीबाट उडेको पाँच मिनेटमै विमान दुर्घटना भएको बीबीसीले उल्लेख गरेको छ । यो विमानले जातीय समूहबीच हिंसात्मक द्वन्द्व चर्किएको क्षेत्रमा राहत सहयोग पुर्‍याइरहेको थियो।

सेना प्रवक्ता मोहम्मद अल हसनले समाचार संस्था एफपीलाई बताए अनुसार मृत्यु हुनेमा चालक दलका सात जना सदस्यका साथै तीन जना न्यायाधीश र आठ जना सर्वसाधारण छन्।

विमान दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ । वेस्ट डार्फरमा भड्किएको दङ्गामा पछिल्लो एक हप्तामा ४८ जनाको मृत्यु भएको छ भने २४१ जना घाइते भएको सुडानको रेड क्रेसेन्टले जनाएको छ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ७ : ४६ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात