सीमावर्ती दशगजा क्षेत्रको स्थलगत निरीक्षण « Khabarhub

सीमावर्ती दशगजा क्षेत्रको स्थलगत निरीक्षण


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- नेपाल–भारत सीमा जोडिएका सर्लाही जिल्लाका सीमावर्ती दशगजा अतिक्रमित क्षेत्रको निरीक्षण तथा अनुगमन गरिएको छ ।

पछिल्लो समय सीमा अतिक्रमणको विषयले चर्चा पाउन थालेपछि परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालयसहितको प्रतिनिधिमण्डलको टोलीले छिमेकी मुलुक भारतसँग जोडिएका सीमा क्षेत्रको संयुक्त निरीक्षण तथा अनुगमन गरेको हो ।

परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, रक्षा मन्त्रालयका सहसचिव यज्ञप्रसाद भट्टराई, नेपाली सेनाका सहायक रथि सहदेव खड्का, जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, सशस्त्र प्रहरी बल नं १० गणका गणपति विनोदराज श्रेष्ठलगायतले मिचिएका सिमानाहरुका साथै दशगजा क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमन गरेका हुन् ।

प्रदेश नं २ का ८ जिल्लामा मात्र ४६४ किलोमिटर खुला सिमाना तथा दशगजा क्षेत्र रहेको छ । यसअन्तर्गत सर्लाहीमा ५१ किलोमिटर, रौतटहमा ३२ किलोमिटर, बारामा ६० किलोमिटर, पर्सामा १०७ किलोमिटर, महोत्तरीमा ३८ किलोमिटर, धनुषामा ४१ किलोमिटर, सिरहामा ५७ किलोमिटर र सप्तरीमा ७८ किलोमिटर भातरसँग खुला सिमाना रहेको छ ।

यस क्षेत्रका स्थानीयवासी साँझ नेपाली हुने र बिहान उठ्दा भारतीय भइसकेको हुने गरेका छन् । यस क्षेत्रमा दिन प्रतिदिन सीमा मिचिनुको साथै साना तथा ठूला जङ्गेपिलर हराउने गरेका छन् ।

निरीक्षण तथा अनुगमनका क्रममा नेपालतर्फ सर्लाहीको पर्सा गाउँपालिकामा रहेका तीन, ब्रम्पुरी गाउँपालिकामा रहेका चार, मलङ्गवा नगरपालिकामा रहेका आठ सीमास्तम्भको स्थलगत निरीक्षण तथा अनुगमन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

खुला सीमाका कारण आपराधिक गतिविधिहरु बढ्नुको साथै दिनप्रतिदिन सीमा मिचिएको र सीमास्तम्भ पनि दिन प्रतिदिन सारिने तथा हराउने गरेको विषयमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पटक–पटक कुरा उठिरहेको सययमा सीमानाका र सीमास्तम्भको स्थलगत निरीक्षण तथा अनुगमन गरिएको हो ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  १२ : ०५ बजे

मनिषलाई रोकेर रविकै निर्देशनमा विपिनलाई बनाउन खोजिएको थियो सर्वसम्मत महामन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक नेता विपिन आचार्यलाई सभापति रवि

काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार