बन्चरेमा फागुनबाट फोहर, मन्त्री मानन्धर भन्छन् :सय वर्षका लागि फोहर व्यवस्थापनको समाधान | Khabarhub Khabarhub

बन्चरेमा फागुनबाट फोहर, मन्त्री मानन्धर भन्छन् :सय वर्षका लागि फोहर व्यवस्थापनको समाधान


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले फोहोर व्यवस्थापनको कोषेढुंगा मानिएको नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माणमा देखिएको अवरोध अन्त्य गर्ने प्रतिवद्वता जनाएका छन् ।

शुक्रबार बिहान काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन र भक्तपुर नगरपालिकाका प्रमुख सहित उपत्यकाका १८ वटै नगरपालिकाका प्रतिनिधि र सहरी विकास मन्त्रालयका उच्च अधिकारीसहितको टोली लिएर बन्चरेडाँडा पुगेका मन्त्री मानन्धरले ल्याण्डफिल्ड साइट निर्माणमा ढिलाइ भए सैह्य नहुने बताए ।

मन्त्री मानन्धरले कम्तिमा सय वर्षका लागि उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने बन्चरेडाँडामा निर्माणाधिन ल्याण्डफिल्ड साइट फागुन भित्र निर्माण सम्पन्न गर्न शहरी विकास तथा भवन निर्माण विभागलाई निर्देशन समेत दिए ।

मन्त्री मानन्धरले काठमाडौं उपत्यकालाई सुन्दर सहर निर्माण गर्नका लागि बन्चरेडाँडाको भुमिका निर्विकल्प रहेको बताउँदै स्थानीयका चासो सम्बोधन गर्ने समेत बताए । मन्त्री मानन्धरले आफु पनि यही क्षेत्रको भएकाले बन्चरेडाँडा वरपरका स्थानीयको समस्याको सुनुवाइ गर्दै कामलाई तिब्रता दिने बताए ।

उपत्यकाका सबै नगरपालिकाका प्रमुखहरुसँग आफुले फोहर व्यवस्थापनसँग पीडित जनताको आवाज पनि सुन्न आग्रह गरेको बताउँदै मन्त्री मानन्धरले जनहितसहित काम गर्ने बताए ।

यस अघिका सरकारले जनताको हितमा काम गर्न नसक्दा समस्या बल्झिएको बताउँदै नियमित अनुगमन र नजगुनासो सम्बोधनका लागि आफु पाक्षीक रुपमा बन्चरेडाँडा आउने प्रतिवद्दता समेत जनाए ।

१३ वर्षदेखि चर्चामा रहेको बञ्चरेडाँडा ल्याण्डफिल्ड साइडमा आयोजनालाई आफूले नजिकबाट नियालीरहेको भन्दै राज्यमन्त्री मानन्धरले पाक्षिक रुपमा आयोजनाको निरीक्षण र अनुगमन गर्ने बताए ।

आयोजनामा देखिएका समस्या आफ्नै अग्रसरतामा समाधान गर्ने दाबी गरेका मन्त्री मानन्धरले यसलाई नमूना आयोजनाको रुपमा सम्पन्न गर्ने दाबी समेत गरे । मन्त्री मानन्धरले सरकारी निकायबीच समन्वय हुन नसके सिधै आफूलाई रिपोर्ट गर्न सरोकारवाला पक्षलाई आग्रह गर्दै तोकिएको मितिमा आयोजना सम्पन्न नभए संलग्न सबैलाई कारबाही गर्ने चेतावनी दिए ।

मन्त्री मानन्धरले स्थानीयलाई समेत लाभ हुनेगरी आयोजना तयार भएको भन्दै स्थानीयले मन दुखाउनु पर्ने कुनै कारण नभएको बताए । मन्त्री मानन्धरले यो आयोजना देशकै नमूना आयोजनाका रुपमा विकास गर्नका लागि नविनतम प्रविधिको प्रयोग हुने बताए ।

सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय संकल्प पुरा गर्नका लागि सरकार लागिपरेको बताउँदै मन्त्री मानन्धरले प्रधानमन्त्रीको सपना साकार पार्न आम नागरिक पनि लागिपर्नुपर्ने बताए ।

काठमाडौं सहित देशभरका सहरी क्षेत्रको फोहर व्यवस्थापनमा नयाँ प्रविधिको प्रयोगमा जोड दिइने बताउँदै मन्त्री मानन्धरले बन्चरेडाँडाबाट निस्कने लिचड व्यवस्थापन र रिफइनरीका लागि पनि काम थाल्ने प्रतिवद्वता जनाएका छन् ।

मन्त्रीसँगै बन्चरेडाँडा पुगेका काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले पनि मन्त्रीको योजना अनुसार काम गर्न सहयोग गर्ने बचन दिएका छन् ।

नुवाकोटका सांसद नारायण खतिवडाले नुवाकोटलाई काठमाडौंको डम्पिङ मात्र बनाउन खोजिए सैह्य नहुने भन्दै जनताको हित हुनेगरी फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए ।

उक्त परियोजना शहरी विकास मन्त्रालय मातहतमा आएपछि निर्माणले गति लिएको छ । तर पुस १ बाट फोहर फाल्ने लक्ष्य पूरा नभएपछि मन्त्री मानन्धर आफैं पटक पटक फिल्डमा पुगेका हुन् ।

अहिलेकै अवस्थामा निर्माण कार्यले तीब्रता पाएमा अबको दुई महिनाभित्र काठमाडौं उपत्यकाले भोग्दै आएको फोहरको समस्या सदाका लागि अन्त्य हुने विश्वास गरिएको छ । गत बैशाखबाट निर्माण कार्य थालिएको उक्त ल्याण्डफिल्ड साइडको धेरै काम अघि बढेको छ ।

आयोजना निर्माणको पहिलो चरणको लागत ३४ करोड ६८ लाख रुपैयाँ रहेको छ । बन्चरेडाँडा स्यानेटरी ल्याण्डफिल्ड साइट निर्माणको लागि सरकारले स्थानीयको १७ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ३ : ३२ बजे

युद्धविरामको जवाफ दिन हमासलाई एक साताको समय

काठमाडौं– इजरायलले हमासलाई युद्धविराम र बन्धकहरूको रिहाइको पछिल्लो प्रस्तावको जवाफ

विद्युत लाइन भूमिगत गर्न प्राधिकरणले ६ फिडरमा बिजुली काट्ने

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन भूमिगत गर्न काठमाडौं

लोकतन्त्रप्रति जनताको भरोसा जगाउने उपयुक्त औजार सूचनाको हक़ : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले