मिर्गौलाको डायलाइसिसका लागि अस्पताल पुगे प्रधानमन्त्री ओली « Khabarhub

मिर्गौलाको डायलाइसिसका लागि अस्पताल पुगे प्रधानमन्त्री ओली


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलाइसिस गरिएको छ । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आज ( शुक्रबार) डायलाइसिस गरिएको हो ।

प्रधानमन्त्री ओलीको अहिले डायलाइसिस प्रक्रिया चलिरहेको उनकी निजी चिकित्सक डा दिव्य सिंह साहले जाकारी दिइन् । १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको कात्तिकदेखि मिर्गौलामा फेरि खराबी देखिएको थियो । उनको सातामा एकपटक नियमित रुपमा डायलाइसिस गरिँदै आएको छ ।

यसअघि प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणबारे कुरा चले पनि प्रत्यारोपणको विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्रीकी निजी चिकित्सक डा साहले बताइन् ।

‘अहिले डायलाइसिस भइरहेको छ, गत शुक्रबार पनि गरिएको थियो, सातामा एकपटक नियमित डायलाइसिस भइरेको छ,’ डा साहले खबरहबसँग भनिन्, ‘अहिले प्रत्यारोपणबारे कुनै निर्णय भइसकेको छैन ।’

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ५ : २१ बजे

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने