आइतबारदेखि मौसममा सुधार आउने, दिपायलमा सबैभन्दा धेरै ६२.३ मिलिमिटर वर्षा « Khabarhub

आइतबारदेखि मौसममा सुधार आउने, दिपायलमा सबैभन्दा धेरै ६२.३ मिलिमिटर वर्षा


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय वायूको प्रभाव स्वरुप आज मुलुकभर वर्षा भएको जनाएको छ ।

महाशाखाले शनिबार पनि हिमपात र वर्षाको सम्भावना रहेको पूर्वानुमान गर्दै आइतबारबाट मौसममा सुधार आउने जनाएको छ ।

मौसम बदलीसँगै हल्कादेखि मध्यम वर्षा र मध्यमदेखि भारी हिमपातको सम्भावना रहेका कारण चिसो बढ्ने हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।

अहिले देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनुका साथै मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रहेको छ ।

‘भोलि (शनिबार) आजजस्तो पूर्णबदली भने नहुने हल्का वर्षाको सम्भावना रहेको छ । आइतबार दिउँसोदेखिमात्रै मौसम पूर्णरुपमा खुल्ने महाशाखाले जनाएको छ ।

यस्तो छ मौसमको पूर्वानुमान

शुक्रबार राति देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, शुक्रबार राति मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जनाइएको छ ।

शनिबार

शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले शुक्रबार साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यस्तै, शनिबार दिउँसो उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

आइतबार

आइतबार दिउँसो देशको मध्य तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ ।

यस्तै, आइतबार दिउँसो देशको मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मध्य तथा पूर्वी पहाडका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार राति देशको पश्चिमी तथा मध्यपहाडी भू–भागमा आंशिक बदली रहने सम्भावना छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

काठमाडौंमा ३.८ मिलिमिटर वर्षा

महाशाखाको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ३.८ मिलिमिटर वर्षा भएको छ । यो बिहीबार बेलुका पौने ६ बजेदेखि शुक्रबार बेलुका पौने ६ बजेसम्मको तथ्यांक हो । सवैभन्दा धेरै वर्षा सुदूपश्चिमको दिपायलमा ६२.३ मिलिमिटर वर्षा भएको छ ।

कुन ठाउँमा कति वर्षा  ?

 

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ८ : १३ बजे

‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं– भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

स्वास्थ्य बीमाको सास्ती : अनुभवी मन्त्रीको प्रयासमा पनि फुकेन गाँठो

काठमाडौं- जेन-जी आन्दोलनपछिको विषम परिस्थिति सम्हाल्न गत भदौ २७ गते

नाइजेरियामा आत्मघाती आक्रमण : २३ जनाको मृत्यु, सयभन्दा बढी घाइते

एजेन्सी– उत्तरपूर्वी नाइजेरियामा भएको आत्मघाती आक्रमणमा २३ जनाको मृत्यु हुनुका

श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने

एजेन्सी– श्रीलंकाले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका

पोखरामा प्याराग्लाइडिङ पुनः सञ्चालनमा आउने

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कारण पोखराको आकाशमा लामो समय