हिमपातले उच्च पहाडी र हिमाली जिल्ला प्रभावित (फोटोफिचर) « Khabarhub

हिमपातले उच्च पहाडी र हिमाली जिल्ला प्रभावित (फोटोफिचर)


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभरको मौसममा बदली भएको छ । मौसमको बदलीसँगै उच्च पहाडी जिल्ला र हिमाली जिल्लामा हिमपात भएको छ ।

हिमपातका कारण धेरै स्थानमा जनजीवन प्रभावित भएको छ । कतै बाटो अवरुद्ध छ भने कतै गाउँ नै सम्पर्कबिहीन छ । तर हिमपातका दृश्य हेर्नलायक छन् । डाँडाकाँडा हिउँले ढाकेर सेताम्य भएका छन् ।

हिउँ खेल्न हिउँ परेका स्थानमा जाने पर्यटकको संख्या बढेको छ । तर, स्थानीयले भने हिमपातले दैनिक क्रियाकलाप नै प्रभावित भएको भन्दै आफूहरुका लागि सास्ती भएको बताएका छन् ।

बैतडीमा हिमपातले जनजीवन प्रभावित भएको छ । जुम्लामा यस बर्ष दोस्रो पटक हिमपातभएको छ । शुक्रवार जुम्लामा बिहानैदेखि हिमपात भएको हो । हिमपातसँगै अत्यधिक चिसो समेत बढेकोले यहाँको जनजीवन कष्टकर बनेको छ। चिसोका कारण स्थानीयबासी घरबाहिरको काममानिस्कन सकेका छैनन् ।

बैतडीको सतबाँझ क्षेत्रमा भएको हिमपात

तीन दिनदेखि बादल लागेको जुम्लामा हिमपात भएपछि यातायात, शैक्षिक संस्थाहरु, प्रभावितभएका छन् । चिसोले बालबालिका, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । जुम्लाको तापक्रम माइनस डिग्रीमा सेल्सियस भन्दा तल भइरहेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ ।

दैलेखमा बिहीवार साँझदेखि परेको अविरल बर्षा संगै हिमपातका कारण सुर्खेत दैलेख सडक खण्डको गुराँसेमा सडक अबरुद्ध भएको छ ।

दोलखाको कालिञ्चोक क्षेत्रमा दोस्रो पटक हिमपात भएको छ । यो बर्ष पहिलो पटक मंसिर २७ गते हिमपात भएको कालिञ्चोकमा शुक्रवार दिउँसोबाट फेरि हिमपात भएको हो। हिमपातसंगै चरिकोट र आसपासका क्षेत्रबाट हिउँ खेल्न आउनेहरूको संख्या बढेको छ।

बैतडीको हेलिप्याड डाँडामा हिमपात

कालिञ्चोक स्थित होटल सुनपातीका सञ्चालक हरि ओलिका अनुसार कालिञ्चोकको भगवती मन्दिर, टुट्वान , घ्याङ डाँडा, बुकेनी, कुरी, गणेश थुम्की लगाएतको ठाउँमा एक फिटसम्मको हिउँ परेको छ।

दुई दिनदेखि लगातार हिमपात भै रहँदा हुम्लाबासीको जनजीबन निक्कै प्रभाबित भएको छ । शुक्रबार दिउसो पनि तापक्रम माईनस आठ डिग्रीमा झरेको कारण चिसो अत्याधिक बढेको छ । बाक्लो हिउ परि रहेकोले जमिनमा डेढ फिट भन्दा बढी हिउ जमेको छ भने अझै पर्नेक्रम जारी रहेको छ ।

लगातारको हिमपात पछि नाम्खा गाउँपाकिलाको वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमी सम्पर्क बिहीन भएको छ । नेपाल टेलिकमको सञ्चार सेवा पुग्न नसकेको लिमीमा हिमपात भै रहेकोले सोलारले काम नगर्दा गाउँमा भएको वल्र्ड लिंक कम्युनिकेसनको इन्टरनेट सेवाले काम नगर्दा लिमी सम्पर्क बिहीन भएको हो ।

लिमीका तीन वटै गाउँमा बिहीबारबाट सम्पर्क हुन नसकेको लिमी हल्जी गाउँको हिम शिखर प्राबिका शिक्षक कर्णजित बुढाले जानकारी दिए ।

डोटीको खडयौलीमा हिमपात
हिउँले सेताम्बे बाजुराको गौमुल गाउँपालिका–५ पडिकोड क्षेत्र ।
सटेडाबाट देखिएको बाजुराको गौमुल पडिकोड क्षेत्र
काठमाडौँको चिन्द्रगिरीमा हिउँमा रमाउँदै एक युवती ।
काठमाडौँको चिन्द्रगिरीमा हिउँमा रमाउँदै एक युवती ।
हिउँमा रमाउँदै आन्तरिक पर्यटक
हिउँमा रमाउँदै आन्तरिक पर्यटक
हुम्ला सदरमुकाम सिमकोट ।
हिमपातले सिमकोटको जनजीवन कष्टकर बन्दै

तस्वीर: रासस

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ८ : ०७ बजे

मनिषलाई रोकेर रविकै निर्देशनमा विपिनलाई बनाउन खोजिएको थियो सर्वसम्मत महामन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक नेता विपिन आचार्यलाई सभापति रवि

काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार