कविता – देश हेर्न निम्तो « Khabarhub

कविता – देश हेर्न निम्तो



हामी सबैलाई स्वागत गर्छौँ
मनले देश हेर्न निम्तो नै गर्छौ !

विश्वका मानिसलाई निम्तो छ !
यो देश मेरो प्रकृति झैँ सुन्दर छ !!
जगतले आँखा लाएको भूमि हो !
विश्वमा विचित्र पहिचान यस्को छ!!

अतिथी त हाम्रा देवता सरह हुन्!
यो देव भूमिमा स्वागत पनि छ!!
मन वचन अनि कर्मलाई मिसाई!
यो देश देखाउने रहर लागेको छ!!

जगतमा कतै र केही सुन्दर कुरा!
हेर्ने चाहना हरेक मनको नि हुन्छ!!
त्यो ठाऊॅ अखण्ड यो राष्ट्र नै हो!
नेपाल भनि जगतले नि चिन्दछ!!

घुम्नलाई आऊ यो मेरो देशमा !
ज्ञानको ढोका पनि खुल्ला छ !!
शिखरको बाटो पुगेर हेर्ने भए !
देशको छाती कति विशाल छ!!

मेची र काली पनि देखाउनलाई !
सारा नेपाली मनदेखि तत्पर छौँ!!
हिमाल,पाहाड हाम्रो तराई सॅधै!
विश्वलाई आतिथ्य नि गाॅस्दछ!!

यो देव भूमिको कैयौ गौरव गाथा !
जगतलाई सुनाउन मन आतुर नै छ!!
कसैको पनि आधिपत्य नभोगेको !
गौरवशाली पहिचान यो देशको छ !!

भिरमा बस्ने भिर मौरीको मह नि काडेर
जीवन हाँस्दै बाच्ने वीर बहादुर नेपाली
उकाली,ओराली र अक्करका भिरहरु
हिँडेर सुशेल्दै गित गाउने असल नेपाली

यो देशको कथा कति हो अनौठो नै छ !
वेदका ऋचा पो मठ मन्दिरमा घन्कन्छ !!
कर्मठ नेपालीहरु पाखुरीको बललाई !
जगतमा पसिनासित पोखेर पनि रम्दछ!!

जलका कलकल पवित्र धारा बगाई देश
उर्जाको शक्तिले धरालाई जगमग पार्छ
धामको लाली बिहानै पोखेर देशलाई नै
चन्द्रले शोभा रातमा हरपल छरि नै रहन्छ

यसैले म भन्छु मेरो नेपाल हेर्नलाई आऊ
नेपालीलाई देश बनाऊ भनेर संदेश देऊ
विकास सृमृद्दि होस यस देशमा नि भनेर
सत्तासिन र जनतालाई सिकाइ नि देऊ !!

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ९ : १७ बजे

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति

शिक्षामन्त्रीद्वारा गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत अवलोकन, बविताकुमारी पासवानसँग भेट

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह