डेढ महिनापछि खुल्यो हिमपातका कारण बन्द भएको सडक « Khabarhub

डेढ महिनापछि खुल्यो हिमपातका कारण बन्द भएको सडक


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम– भारी हिमपात र वर्षाका कारण अवरुद्ध भएको शहीदमार्ग पुनः सञ्चालन भएको छ । सडकमा हिउँ जमेपछि पुसको तेस्रो सातादेखि अवरुद्ध शहीदमार्ग हप्ता दिनयता पानी पर्न छाडेपछि सञ्चालनमा आएको हो ।

शहीदमार्ग खुलेपछि विशेषगरी भुमे र पुथा उत्तरगङ्गा गाउँपालिकावासीलाई यात्रामा सहज भएको छ । शहीदमार्ग भएर भुमेको काँक्रीबाट जिल्लाको महत, रोल्पाको थवाङ हुँदै घोराही, नेपालगञ्ज, काठमाडौं पुग्न यात्रुलाई सहज भएको छ ।

काँक्रीबाट शहीदमार्ग भएर घोराही जाँदा १५५ किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ । तर, शहीदमार्ग अवरुद्ध भएपछि रुकुम (पश्चिम) हुँदै राप्ती लोकमार्ग भएर घोराही पुग्दा २१० किलोमिटर दूरी पार गर्नुपर्ने बाध्यता रहेको थियो ।

शहीदमार्ग खुलेसँगै लामो बाटो प्रयोग गरी यात्रा गर्नुपर्ने बाध्यता टरेको भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए । काँक्रीबाट घोराही र घोराहीबाट काँक्रीका लागि दैनिक एक÷एक गाडी सञ्चालन हुँदै आएका छन् ।

अझै खुलेन मध्यपहाडी लोकमार्ग 

जिल्लाको मध्यपहाडी लोकमार्गको काँक्री–बुर्तिबाङ सडकखण्डमा थुप्रिएको हिउँ नपग्लिँदा डेढ महिनायता यातायातका साधन ठप्प छन् । सिस्ने गाउँपालिका ५ र ६ रुकुमकोट तथा भुमे गाउँपालिका–२ काँक्रीदेखि बुर्तिबाङ हुँदै पोखरा, काठमाडाैंसम्म चल्ने यातायातका साधन चल्न सकेका छैनन् । उच्च भेगमा पर्ने सडकमा पटकपटक बाक्लो हिमपात भएकाले यातायातका साधन सञ्चालनमा समस्या भएको यातायात व्यवसायीले बताएका छन् ।

काँक्रीबाट बुर्तिबाङ, पोखरा हुँदै काठमाडौं दैनिक एक गाडी सञ्चालन हुँदै आएको थियो । यो वर्ष पटकपटक हिमपात भएकाले लामो समयसम्म उक्त सडकखण्डमा यातायातका साधन ठप्प हुँदा पोखरा, चितवन, काठमाडौं जाने यात्रु समस्यामा परेका छन् । सडकमा जमेको हिउँ नपग्लिएसम्म मध्यपहाडी लोकमार्गमा यातायातका साधन सञ्चालन गर्न नसक्ने यातायात व्यवसायी सनम गौतमले बताए।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  २ : ४८ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष