छोरा वा छोरी जे भएपनि परिवारका लागि सुखद् कुरा हो । सन्तान भगवानका स्वरुप हुन् ।
वंश परम्परालाई निरन्तरता दिनका लागि सन्तानको आवश्यकता पर्दछ । तर पितृसत्तात्मक समाजमा छोरा र छोरीबीच विभेद हुने गरेको छ र कयौं आमा बुवाले छोराको चाहना गर्दै भ्रुण हत्या सम्मको जघन्य अपराध र धार्मिक रुपमा भन्दा पाप गर्ने गरेका छन् ।
विज्ञानको फाइदा उठाउँदै कयौं परिवारले गर्भवती महिलाको पेटमा हुर्किरहेको प्राणलाई छोरा वा छोरीको नाममा नजन्मदै हत्या गर्ने गरेका छन् ।
छोराको चाहनामा पछिल्लो समय भिडियो एक्स्रेको माध्यबाट लिंग पहिचान गरि हत्या गर्ने गरिएको पाइन्छ ।
नेपालमा भ्रणको पहिचान गरी वा छोरा र छोरी के छ भनेर थाहा भएपछि एबोर्सन वा गर्भपतन गराउन नपाइने कानून रहेको छ । यदी त्यस्तो पाप गरेको खण्डमा तत्कालै कारवाहीको भागिदार हुन पर्दछ । धार्मिक रुपमा चाँही मृत्युपछि नरकको बास हुनेछ । दुख कष्ठ भोग्नु पर्नेछ ।
प्रविधिको प्रयोग गरी छोरा र छोरीको पहिचान गरेर भ्रुण हत्या गर्ने तर्फ सोच राख्नु भएको छ भने त्यसलाई त्यागि दिनुस् ।
छोरा वा छोरी जो भएपनि त्यो तपाईको अंश हो । तपाईको आफ्नो सन्तान हो । छोरा जन्मदैमा केही हुने र छोरी हुँदैमा केही वितिहाल्ने पनि होइन ।
समाजमा धेरै छोरा भएका वृद्ध बुवा आमाको अवस्था पनि राम्रो पाइँदैन र छोरी हुनेले बृद्ध अवस्थामा दु:ख वा कष्टमात्र पाएको पनि हुँदैन । त्यसैले छोरा र छोरीमा विभेद गर्ने सोचलाई त्यागिहाल्नुहोस् ।
छोरा र छोरी दुबैको चाह राख्नु स्वभाविक हो । जैविक र प्राकृतिक रुपमा छोरा वा छोरी जन्माउने विधि हिन्दू धर्मशास्त्रमा उल्लेख गरिएको छ । त्यसैले तपाईंलाई छोरा वा छोरी मध्ये कुनै एक जन्माउने चाह छ भने यो विधिलाई पनि अवलम्बन गर्न सक्नुहुन्छ । तर गर्भ बसिसकेपछि भ्रुणको पहिचान गरेर छोरी रहेछ भनेर गर्भपतन गर्ने तर्फ लाग्ने काम चाँहि कृपया नगर्नु होला ।
शास्त्रमा यस्तो विधि
सन्तान जन्माउनका लागि हिन्दू धर्म दर्शनमा विभिन्न तर्कहरु उल्लेख गरिएको छ । विशेषत वेदमा छोरा वा छोरी जनमाउनका लागि गरिने विभिन्न विधि, ब्रतको उपाय अपनाइएको छ ।
केही सन्तान नभएर, छोरा नभएर र त कोही छोरी नभएका कारण चिन्तत हुनुहुन्छ भने शास्त्रमा उल्लेख गरिएका विधि प्रभावकारी हुने धर्मशास्त्रहरुमा दाबी गरिएको छ । यसका लागि हिन्दू धर्म दर्शनमा महत्वपूण मानिने वेदमा केही व्यवस्था गरिएको छ ।
छोरा जन्माउने शास्त्रीय विधि
छोरा जन्माउन पुरुषसंज्ञक सूर्य, मङ्गल र बृहस्पतिको लग्नमा वा पुरुष सन्तान गराउने ग्रह पाँचौँ स्थानमा रहेको वा उक्त स्थानलाई देखेको बखतमा बिजोर राशिको अंशमा चन्द्रमा रहेको बखतमास ऋतुस्नान गरेको दिनबाट जोर रात ९४, ६, ८, १०, १२, १४, १६० मास पुंसज्ञक तिथिको रातमास पुंसंज्ञक राशिको लग्न अर्थात् मेष, मिथुन, सिंह, तुला, धनु र कुम्भ राशिको लग्न–नवमांशमास पुरुषसंज्ञक बार अर्थात् आइत, मङ्गल र बृहस्पति बारमा शुभ लग्न अर्थात् वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, धन र मीन लग्नमास आठौं स्थान शुद्ध र शुभग्रहले देखेको वा रहेको बेलामा, लग्नको चारौं, सातौं दशौं, पाँचौं र नवौं स्थानमा शुभग्रह रहेको र तेश्रो, छैटौं र एघारौं स्थानमा मङ्गल, शनि, राहु र केतु रहेको बखतमास पुंग्रहहरूले देखेको लग्नमास बिजोर राशिमा चन्द्रमा रहेको बेलामास ऋतुस्नानका उत्तरार्धका समरात्रिमा गर्भाधान गर्दा छोरो जन्मिन्छ (मु.चि. सं.प्र. श्लोक ७, पीयूषधारी टीका पृ. २३०० )
बिजोर राशिको वर्ग पाँचौँमा रहेको र शुक्रलाई चन्द्रमाले नदेखेको मुहूर्तमा गर्भाधान गर्दा पनि छोरो नै हुन्छ (बृहज्जातक निषेका. अ. श्लो १–२२०) केन्द्रमा र त्रिकोण ९९, ५० मा शुभग्रह रहेको र तेश्रो, छैटौं र एघारौं स्थानमा राहु, केतु, शनि र मङ्गल बसेको बखतमा जोर रातमा गर्भाधान गर्दा पनि छोरो हुन्छ (ज्योतिःसार, मु. प्र. श्लो.१९५० )
मङ्गलको लग्न नवमांशमा वा स्त्री पुरुषको मूल र अन्तर्दशा मङ्गलकै भएको मौकामा गर्भाधान गर्दा पनि छोरो हुन्छ । फेरि लग्नबाट वा चन्द्रमा बसेको स्थानबाट पाँचौं भाव शुभग्रह वा आफ्नै स्वामीले युक्त वा दृष्ट अवस्थामा छोरा हुन्छ (त्रि. ज. कु. द., श्लो. १०, पृ. २१३० ) शनि लग्नबाट ३, ५, ७, ९ र ११ स्थानमध्ये कुनै एकमा रहेको बखतमा छोरो हुन्छ (बृहज्जा. निषेका. ४, श्लो. १२० )
लग्नस्थानमा सूर्यचन्द्र पापग्रहयुक्त नभएमा, सातौं स्थानमा राहु–केतु–शनि नभएको बखतमा, आठौं स्थानमा मङ्गल र चौथो स्थानमा पनि पापग्रहहरू नभएको लग्न र लग्नबाट ४, ५, ७, ९ र १० स्थानमा शुभग्रह रहेको अनि ३, ६ र ११ औं भावमा चाहिं पापग्रह बसेको मुहूर्तमा शुभतिथि र शुभनक्षत्रमा सम रातमा गर्भाधान गर्दा छोरा हुन्छ (मुहूर्त चिन्तामणि, संज्ञाप्रकरण )
ज्योतिषशास्त्री ऋषिराज घिमिरेको दाबीअनुसार जोर रात (६,८,१०,१२,१४,१६) मा गर्भ रह्यो भने छोरा जन्मिन्छ । बिजोर रातमा (७, ९, ११, १३, १५) मा गर्भ रह्यो भने छोरी हुन्छ ।
गर्भशास्त्रका एक जना अमेरिकी विशेषज्ञले ऋतुस्नानका उत्तरार्धका आठ रात छोराका लागि उपयुक्त हुन्छन् भनेका छन् ।
दिनमा सहवास गरियो भने सूर्यकिरणको प्रभावबाट उग्र स्वभावको, बेलुका सन्ध्यामा हिरण्यकशिपुजस्तो, ऋतुस्नानको चौथो दिनमा शूरवीर भए तापनि अभिमन्युजस्तो अल्पायुको हुने धर्मविज्ञानको धारणा रहेको छ ।
सूर्यचन्द्र समरेखामा रहने पर्व दिन, ग्रहण, उल्कापात र वज्र खसेको समय पनि गर्भाधानका लागि अनुचित हुन्छन् । ऋतुस्नाताद्वारा ऋतुकालीन नेत्रज्योतिबाट आत्मसात् गरिएका यावत् वस्तुहरूको प्रभाव भावी सन्ततिमा पर्ने हुँदा त्यस समयमा सच्चित्र, सत् शास्त्र, सद् गुरु र सत् सङ्गीतमात्र ग्रहण हुने स्थानमा रहनु राम्रो हुन्छ ।
कतिपय बुहारीहरू गर्भाधानका समयमा अत्यन्त कर्कश सासूको गाली सुन्न वा अत्यन्त रुखो वातावरणमा रहन बाध्य हुन्छन् र उनीहरूले त्यस समयमा भोगेका वा सुनेका वाक्यहरूको प्रभाव भावी सन्ततिमा पर्ने हुँदा जन्मेका सन्तान पनि त्यस्तै कर्कश र रुखा हुन जान्छन् । त्यसैले राम्रा सन्तान जन्माउन चाहनेले घरको वातावरण कर्कश, रुखो र अनेकौं बहाना गरेर बुहारीलाई सताउने खालको छ भने त्यस ठाउँबाट अन्यत्रै राम्रो ठाउँमा बस्नु उचित हुन्छ ।
छोरा जन्माउनका लागि केही व्रत, यज्ञ र शास्त्रीय औषधिहरू
छोरो जन्माउन विभिन्न यज्ञ र व्रतहरूको विधान पनि शास्त्रमा गरिएको पाइन्छ । त्यस्ता यज्ञहरूमा पुत्र्येष्टि यज्ञ (अ.रा.बा.का। ३।१–१८), मरुस्तोम र मित्रावरुण याग (तैत्तिरीय संहिता २.२.५०, पुत्रमन्थ शतपथ ब्राह्मण १४।५।५।१०) षष्ठीदेवी उपासना (देवीभागवत ९। ४६। ६९–७२०, हरिवंश श्रवण (श्रीमद्भागवत ६ ।१४। १०।३०० )आदि प्रमुख छन् ।
सुसन्तति गराउनका लागि ऋतुस्नानपछि सूर्यदर्शन, सिद्ध महात्माको दर्शन, सेता घोडा र साँढेको अवलोकन, सात दिन ब्रह्मचर्यमा रही सेती गाईको दूधमा चाँदी वा काँसको भाँडामा मह–घिउ राखेको जौको सातु वा परिकार घोलेर पिउने र सायं प्रातः दूधभात सेवन गर्नुपर्ने साथै सेतो घर, कोठा र शैयामा सम रातमा चाँदीका पाउजेब लगाएर गर्भाधान गर्दा राम्रो गुण भएको छोरा हुन्छ भन्ने चरकको मत रहेको छ ।
पुरुषले पनि एक महिना पूर्वबाट नै ब्रह्मचर्यमा रही आयुर्वेदिक औषधि खानुपर्ने नियम छ । त्यस्ता औषधिमा शुद्ध च्यवनप्राश, नरसिंह चूर्ण, अश्वगन्धा, यार्सागुम्बा, पाँचऔंले, केसर, गाईभैंसीको दूध, घिउ, नौनी, दही, मह, घिउमा तारेर सिधेनून राखेको बोकाको अण्डकोष र पुष्टकारी आदि मुख्य छन् ।
छोरी जन्माउने तरिका
रजस्नानबाट बिजोर रात ९५,७, ९, ११, १३, १५० मास स्त्रीसंज्ञक बार अर्थात् शुक्रबार र सोमबारमास स्त्रीसंज्ञक लग्न अर्थात् वृष, कन्या, वृश्चिक, मकर र मीन लग्नमास स्त्रीसंज्ञक नक्षत्रहरूमास जन्मनक्षत्रबाट सातौं नक्षत्रका साथै मूल, भरणी, अश्विनी, रेवती र मघा नक्षत्रलाई समेत छाडेरस ग्रहण–दिन, व्यतिपात र महापातयोग एवं वैधृति योग छाडेरस बाबुआमाको श्राद्धको दिन, जन्मनक्षत्र, जन्मलग्नबाट आठौं लग्न र पापग्रह रहेका नक्षत्र एवं लग्न नपर्ने गरी लग्नबाट पाँचौं भावमा चन्द्रमाको षड्वर्गमा शुक्र रहेका बखतमास पाँचौ स्थानमा रहेको शुक्रलाई चन्द्रमाले देखेमा वा त्यहीँ बसेको मुहूर्तमा गर्भाधान गर्नाले सर्वथा छोरी नै हुन्छिन् )बृहद्यवनजातक, अ।१, श्लो।११० )
त्यस्तै शुक्र र चन्द्रमाको लग्न नवमांशमा पनि छोरी नै हुन्छे (बृहज्जातक निषेकाध्याय ४। १२० ) छोरी जन्माउने पद्धतिलाई अथर्ववेदमा ‘स्त्रैषूय’ को संज्ञा दिइएको छ ।
यससम्बन्धी विस्तृत विवरण शौनक चतुराध्यायी अध्याय २, खण्ड ८८ र अध्याय ४, खण्ड ८३ मा रहेको छ ।
एक अमेरिकी सन्ततिविशेषज्ञले ऋतुस्नानका आद्य चार रात ९५,६,७,९० छोरी गराउन सहयोगी हुन्छन् भनी लेखेका छन् ।
ऋतुस्नाताले चारौं दिनदेखि सम्भव भएमा शुक्रबार र सोमबार पारेर लक्ष्मणा, सहदेवा, श्वेतबृहती, वरको कोपिला वा वरको दारीका टुप्पाहरूमध्ये कुनै एउटा औषधी कुटेर कपटछान गरी पिचकारीद्वारा देब्रे नाकको पोराबाट गर्भ नहुँदा र गर्भ भइसकेपछि पनि दुई महिनासम्म सुस्तरी एक थोपा राख्ने गर्नाले छोरी हुन्छे भनी सुश्रुतमा प्रकाश पारिएको छ । सोही रस त्यसरी नै दाहिने नाकको पोराबाट राख्ने गर्नाले चाहिं छोरा हुन्छ भनिएको छ ।
प्रतिक्रिया