आजदेखि मौसममा सुधार आउने « Khabarhub

आजदेखि मौसममा सुधार आउने


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिमी न्यून चापीय वायूको प्रभाव कम हुँदै गएकाले आजदेखि मौसममा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केहि दिनदेखि सक्रिय न्यून चापीय वायूको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षासहित हिमपात हुँदा जनजीवन प्रभावित भएको थियो ।

राजधानी काठमाडौंसहित देशभरका पहाडी जिल्लामा पानी पर्दा चिसो पनि बढेको छ । तर यो क्रम आजबाट सुधार हुने मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

यो मौसमी प्रणाली कमजोर भए पनि हाल देशका पहाडी भूभाग तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको पौडेलले बताए । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने छ । तराईका क्षेत्रमा बिहान हुस्सु लागे पनि दिउँसो मौसम खुल्ने उनले बताए।

दिनभर पनि पहाडी तथा उच्च पहाडी र हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था रहे पनि बाँकी क्षेत्रमा भने मौसम सफा हुनेछ । पानी पर्ने सम्भावना भने नरहेको जनाइएको छ ।

काठमाडौँ उपत्यकासहितका क्षेत्रमा आइतबार दिनभरजसो घाम लाग्ने छ । बिहान ४.५ डिग्री सेल्सियस मापन भएको काठमाडौँको तापक्रम दिउँसो बढेर १७ डिग्रीसम्म पुग्न सक्ने मौसमविद पौडेलले बताए ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस २० गते (आइतबार)
दिउँसो : देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पुस २१ गते (सोमबार)
दिउँसो : देशको उच्च हिमाली भू-भागहरुमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः देशको पहाडी भू-भाग लगायत उच्च हिमाली भू-भागहरुमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पुस २२ गते (मंगलबार)

दिउँसो : देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

रातिः देशको पश्चिमी र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागको मौसम सामन्यतया सफा रहने छ | देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ८ : ०३ बजे

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको