‘जानी नजानी’ को शीर्ष गीतमा मनिष र निरिषाको रोमान्स « Khabarhub

‘जानी नजानी’ को शीर्ष गीतमा मनिष र निरिषाको रोमान्स


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अञ्जु पन्त र प्रताप दासको स्वरमा फिल्म ‘जानी नजानी’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतलाई ओएसआर डिजिटलको च्यानलबाट सार्वजनिक गरिएको हो ।

रोशनी केसी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको उक्त फिल्मको गीतमा रोमान्टिक प्रेमलाई प्रस्तुत गरिएको छ । यस्तै गीतमा मोदनाथ खनालका शब्द छन् भने अर्जुन पोखरेलको संगीत सुन्न सकिन्छ ।

भिडियोमा मनिष श्रेष्ठ र निरिषा बस्नेतले रोमान्स गरेका छन् । गीतका शब्दले माया बोल्छ ।

अर्जुन जिसीले सम्पादन गरेको फिल्ममा सञ्जय लामाको छायांकन निर्देशन छ । फिल्मलाई सागर काजी माली र मोदनाथ खनालले निर्माण गरेका हुन् ।

बसन्त अधिकारीले निर्देशन गरेको यो फिल्ममा मनिष श्रेष्ठ, निरिषा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसी लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मको कथा, पटकथा र संवाद सामीप्यराज तिमल्सिनाले लेखेका हुन् । फिल्म यही चैत्र १ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ६ : १९ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते