‘जानी नजानी’ को शीर्ष गीतमा मनिष र निरिषाको रोमान्स « Khabarhub

‘जानी नजानी’ को शीर्ष गीतमा मनिष र निरिषाको रोमान्स


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अञ्जु पन्त र प्रताप दासको स्वरमा फिल्म ‘जानी नजानी’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतलाई ओएसआर डिजिटलको च्यानलबाट सार्वजनिक गरिएको हो ।

रोशनी केसी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको उक्त फिल्मको गीतमा रोमान्टिक प्रेमलाई प्रस्तुत गरिएको छ । यस्तै गीतमा मोदनाथ खनालका शब्द छन् भने अर्जुन पोखरेलको संगीत सुन्न सकिन्छ ।

भिडियोमा मनिष श्रेष्ठ र निरिषा बस्नेतले रोमान्स गरेका छन् । गीतका शब्दले माया बोल्छ ।

अर्जुन जिसीले सम्पादन गरेको फिल्ममा सञ्जय लामाको छायांकन निर्देशन छ । फिल्मलाई सागर काजी माली र मोदनाथ खनालले निर्माण गरेका हुन् ।

बसन्त अधिकारीले निर्देशन गरेको यो फिल्ममा मनिष श्रेष्ठ, निरिषा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसी लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मको कथा, पटकथा र संवाद सामीप्यराज तिमल्सिनाले लेखेका हुन् । फिल्म यही चैत्र १ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  ६ : १९ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट