एकादशी के हो ? यसरी ब्याख्या गर्छन् सदगुरू « Khabarhub

एकादशी के हो ? यसरी ब्याख्या गर्छन् सदगुरू


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पूर्णिमा पछिको एघारौँ दिन अनि औँशी पछिको एघारौँ दिनलाई एकादशी भनिन्छ ।

हरेक ४० देखि ४८ दिनमा मानव प्रणाली एउटा चक्रबाट गुज्रिन्छ, जसलाई मण्डल भनिन्छ । यो अवधिमा तीन दिनहरू यस्ता हुन्छन्, जहाँ शरीरले खाना खान चाहँदैन ।

ती ३ दिनहरू व्यक्ति-व्यक्तिहरूबीच फरक हुन सक्छन्, अनि बराबर अन्तरालमा नआउन पनि सक्छन् ।

यदि तपाईंले ती ३ दिनहरू पत्ता लगाउनुभयो र ती दिनहरूमा शरीरलाई खाना दिनुभएन भने (किनकि शरीरले खान चाहँदैन), यो सरल अभ्यासले पनि तपाईंका थुप्रै समस्याहरू समाधान गर्नेछ ।

एकादशीको महत्त्व:

″यति क्यालोरी, यति प्रोटिन र यति मिनिरल खानुपर्छ″ भन्ने वाहियात् कुरालाई नपछ्याएर आफ्नो शरीरलाई पर्याप्त ध्यान दिने हो भने, शारीरिक प्रणालीमा हुने यो चक्रलाई अधिकांश मानिसहरूले पहिचान गर्न सक्दछन् ।

साथै, ती तीन दिनहरू सजिलै थाहा पाउन सकिन्छ । तसर्थ, यो बताइएको छ कि ४८ दिनमा ३ दिन तपाईंले केही खानुहुँदैन ।

यो यसकारण भनिएको हो, किनकि कसैले आफ्नो प्रणालीलाई गहिराइमा हेरे अनि त्यसबाट यो कुरा व्यक्त गरे । तर, सबै मानिसहरू यसप्रति सचेतन नहुने भएकोले उपवासको लागि एकादशी निर्धारित गरिएको हो । यदि तपाईंले हेर्नुभयो भने, ४८ दिनमा ३ वटा एकादशी पर्छन् ।

एकादशी उपवास:

उपवास वा व्रत बस्नुको कारण के हो भने, यसदिन पृथ्वी विशेष अवस्थामा हुन्छ । हामीले आफ्नो शरीरलाई हलुका राखी ग्रहणशीलताको लागि उपलब्ध बनायौँ भने, हाम्रो जागरुकता वा चेतना भित्रतर्फ फर्किन्छ ।

यसदिन आफ्नो भित्री आयामको ढोका खोल्ने सम्भावना बढी हुन्छ । तर, यदि तपाईंको पेट टन्न भरिएको छ अनि तपाईं अचेतन र सुस्त हुनुहुन्छ भने तपाईँ यसलाई महसुस गर्न सक्नुहुन्न ।

अतः सतर्क र सजग रहन साथै शरीरलाई शुद्ध गर्नको निम्ति यसदिन हामी केही खाँदैनौं । अघिल्लो रातमा खाना खाएपछि हामी एकादशीको रातमा मात्र खाना खान्छौँ ।

आफ्नो कामको प्रकृतिले गर्दा वा उचित साधनाको अभावले गर्दा तपाईं केही नखाइकन बस्न सक्नुहुन्न् भने, तपाईं फलाहार रोज्न सक्नुहुन्छ ।

यो पेटको लागि हलुका हुन्छ र आफ्नो भित्री आयामको लागि ढोका खोल्न सहायक हुन्छ । जबरजस्ती केही नखाइकन बस्नु उचित होइन ।

उपवासको अभिप्राय के हो भने हामी हरेक चीजलाई चेतनशील हुने प्रक्रिया बनाउन चाहन्छौँ । हामी बाध्यात्मक रूपमा खान चाहँदैनौँ, बरु सचेतनपूर्वक रोज्दछौँ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ५ : ५७ बजे

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले

स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते

स्याङ्जा – स्याङ्जाको विरुवा गाउँपालिकामा जिप दुर्घटना हुँदा ११ जना

फलफूल आयात सहजीकरण गर्न माग

काठमाडौं – नेपाल फलफूल व्यवसायी महासङ्घले गैरभन्सार मार्गबाट हुने अवैध