यस्तो हुनेछ बुधवारसम्मको मौसमी अवस्था « Khabarhub

यस्तो हुनेछ बुधवारसम्मको मौसमी अवस्था


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज अपराह्न पछि पश्चिमि निम्न चापिय प्रणालीको प्रभाव नेपालको पश्चिम क्षेत्रमा पर्ने जल तथा मौसम विभागको पूर्वानुमान महाशाखाले जनाएको छ ।

।हाल देशको पश्चिमी र पुर्वी पहाडी भु-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान   

पौष २१  गते (सोमबार)
दिउँसो : देशको पश्चिमी र पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहि मध्य भू-भागमा आंशिक बदली रहनेछ । पश्चिम र पूर्वका एक दुई स्थानमा हल्का वर्षाको संभाबना छ ।

राति : देशभर सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको संभावना छ । देशको पश्चिम र मध्यका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पौष २२  गते (मंगलबार)

दिउँसो : देशको पश्चिमी र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिम र मध्यका थोरै स्थानहरुमा हल्का वर्षाको संभाबना छ भने पूर्वि भू-भागमा आंशिक बदलि रहने छ। देशको पश्चिमी र मध्यका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: देशको पश्चिमी भू-भाग, मध्य र पुर्वका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा हल्का बर्षाको संभाबना छ भने मध्य र पुर्वी पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा को संभाबना रहिको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

पौष २३  गते (बुधबार)

दिउँसो : देशभर सामान्य बदली रही पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का बर्षाको संभाबना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का  देखि मध्यम खालको हिमपात हुने सम्भावना रहेको छ।

राति: देशभर सामान्य बदली रही पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का बर्षाको संभाबना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का  देखि मध्यम खालको हिमपात हुने सम्भावना रहेको छ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ८ : ४६ बजे

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको

सीको किताब जलाएपछि चीनको गम्भीर चासो, गृहले दियो कारबाहीको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्‍याउने किसिमको घटनाका सम्बन्धमा