यस्तो हुनेछ बुधवारसम्मको मौसमी अवस्था « Khabarhub

यस्तो हुनेछ बुधवारसम्मको मौसमी अवस्था


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज अपराह्न पछि पश्चिमि निम्न चापिय प्रणालीको प्रभाव नेपालको पश्चिम क्षेत्रमा पर्ने जल तथा मौसम विभागको पूर्वानुमान महाशाखाले जनाएको छ ।

।हाल देशको पश्चिमी र पुर्वी पहाडी भु-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान   

पौष २१  गते (सोमबार)
दिउँसो : देशको पश्चिमी र पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहि मध्य भू-भागमा आंशिक बदली रहनेछ । पश्चिम र पूर्वका एक दुई स्थानमा हल्का वर्षाको संभाबना छ ।

राति : देशभर सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको संभावना छ । देशको पश्चिम र मध्यका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पौष २२  गते (मंगलबार)

दिउँसो : देशको पश्चिमी र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिम र मध्यका थोरै स्थानहरुमा हल्का वर्षाको संभाबना छ भने पूर्वि भू-भागमा आंशिक बदलि रहने छ। देशको पश्चिमी र मध्यका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: देशको पश्चिमी भू-भाग, मध्य र पुर्वका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा हल्का बर्षाको संभाबना छ भने मध्य र पुर्वी पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा को संभाबना रहिको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

पौष २३  गते (बुधबार)

दिउँसो : देशभर सामान्य बदली रही पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का बर्षाको संभाबना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का  देखि मध्यम खालको हिमपात हुने सम्भावना रहेको छ।

राति: देशभर सामान्य बदली रही पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का बर्षाको संभाबना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का  देखि मध्यम खालको हिमपात हुने सम्भावना रहेको छ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ८ : ४६ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा