प्रदेशको नामकरणसम्बन्धी कार्यविधि पारित « Khabarhub

प्रदेशको नामकरणसम्बन्धी कार्यविधि पारित


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश नं ३ प्रदेशसभाको आजको बैठकमा नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले प्रदेशको नामकरणसम्बन्धी कार्यविधि– २०७६ सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा सर्वसहमतिबाट स्वीकृत भएको छ ।

उक्त प्रस्तावलाई प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक राधा घले र प्रदेशसभाका सदस्य रमेश पौडेलले समर्थन गरेका थिए।

सो प्रस्तावमाथि प्रदेशसभाका सदस्य डा राजेन्द्रप्रसाद श्रेष्ठ, रमेश पौडेल, नरोत्तम वैद्य, ओमबहादुर घलान, प्रतिमा श्रेष्ठले छलफलमा भाग लिनुहुँदै प्रदेशको नामकरण सम्बन्धमा प्रदेशसभाले छुट्टै अध्ययन कार्यदल गठन गरी प्रदेशको १३ वटै जिल्लामा पुगेर प्रदेशको नामकरणका विषयमा सुझाव प्राप्त भइसकेपछि मात्र निर्णय लिनु उपयुक्त हुने राय प्रस्तुत गर्नुभएको थियो ।

यसपछि सो प्रस्तावका प्रस्तावक रामेश्वर फुयाँलले प्रदेशसभा सदस्यको भावनालाई समेटेर अघि बढ्ने दृढता व्यक्त गर्नुभयो । प्रदेशसभाको अर्को बैठक पुस २३ गते बुधबार दिउँसो ३ बजे बस्ने छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ७ : ३१ बजे

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत