खाँदबारी– संखुवासभाको धर्मदेवी नगरपालिकाले अपाङ्गता भएका १ सय ५० व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ ।
नगरपालिकाका उपप्रमुख शोभा घिमिरेले अपाङ्गता भएका व्यक्तिलाई सहज हुने स्थानमा शिविर सञ्चालन गरेर अपाङ्गता परिचयपत्र वितरण गरिएको जानकारी दिइन् ।
नगरपालिकाले आफूहरुलाई पायक पर्ने स्थानमा शिविर सञ्चालन गरेर परिचयपत्र दिँदा औधि खुशी भएको फरक क्षमता भएका व्यक्तिहरुले बताएका छन् ।
कर्यविधि बनाई परिचयपत्र वितरण गरिएको नगर प्रमुख रमेशकुमार जिमीले जानकारी दिए । उनका अनुसार फरक क्षमता भएका व्यक्तिलाई अपाङ्गताका आधारमा चार किसिमको परिचयपत्र वितरण गरिएको थियो ।
प्रतिक्रिया