२ हजार घुससहित मालपोतका सुब्बा र लेखापढी व्यवसायी पक्राउ | Khabarhub Khabarhub

२ हजार घुससहित मालपोतका सुब्बा र लेखापढी व्यवसायी पक्राउ


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मालपोत कार्यालय साँखुका नायव सुब्बा रामेश्वर कुइकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटा घुस रकमसहित पक्राउ परेका छन् ।

दृष्टि बन्दकको लिखत पास गरे वापत २ हजार रुपैयाँ घुस लिने नायव सुब्बा कुइकेल र उनलाई घुस रकम दिने लेखापढी व्यवसायी सापकोटा रंगेहात पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  १२ : ०० बजे

सोनु निगम फेरि भाषा विवादमा, गरे मिडियाको खण्डन

काठमाडौं- बलिउड गायक सोनु निगम फेरि भाषिक विवादमा फसेका छन्

पूर्वीनाकाबाट चार करोड ६० लाखको खरबुजा भित्रियो

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१–८२ को १०

पर्सामा तीन लाख ५१ हजार बढी मतदाताको नाम अद्यावधिक

पर्सा– जिल्ला निर्वाचन कार्यालय पर्सामा आर्थिक वर्ष २०८१ को चैत

नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

काठमाडौं– नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच

तरबुजाखेतीबाट एक याममा दुई करोडको बिक्री

गण्डकी– पोखरा महानगरपालिकाको सहयोगमा पोखरा– १३ र १४ का किसानलाई