मलेसियामा ‘नेपाल भ्रमण वर्ष २०२०’को शुभारम्भ « Khabarhub

मलेसियामा ‘नेपाल भ्रमण वर्ष २०२०’को शुभारम्भ


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली दूतावासको कार्यालय, क्वालालम्पुरमा विशेष कार्यक्रमको गरेर नेपाल भ्रमण वर्ष सन् २०२० शुभारम्भ भएको छ ।

दूतावासले मंगलबार एक कार्यक्रम गरेर नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरेको हो । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने नेपाल सरकारको लक्ष्यलाई सफल बनाउन मलेसियामा कार्यक्रम शुभारम्भ गरिएको दूतावासले जानकारी दिएको छ ।

मलेसियाका पर्यटन, कला तथा संस्कृतिमन्त्री दातुक मोहमद्दिन विन केतापीको प्रमुख आतिथ्यतामा भ्रमण वर्षको शुभारम्भ गरिएको हो ।

शुभारम्भ कार्यक्रममा मलेसियाको परराष्ट्र मन्त्रालयलगायतका सरकारी कार्यालयहरु, पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरु, मलेसिया र नेपालवीच हवाईसेवा सञ्चालन गर्ने कम्पनीहरु, टुर तथा ट्राभल्स एजेन्सीहरु, होटल, उद्योगी तथा व्यापारिक वर्ग, मिडियालगायतको उपस्थिति रहेको दूतावासले जनाएको छ ।

कार्यक्रममा मलेसियाका पर्यटनमन्त्री केतापीले नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना दिदै नेपालले सफलता पुर्वक पर्यटक वर्ष मनायने धारण राखेका थिए । । पर्यटनको विकासको लागि उत्पादकत्व, प्रचारप्रसार, बजार रणनीति, मानव श्रोतको विकास र नयाँ प्रविधिको प्रयोग अभिवृद्धि सबैले गर्नुपर्नेमा मन्त्री केतापीको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डेले नेपालको विकासमा पर्यटन क्षेत्रले खेलेको भूमिका, नेपालमा पर्यटन क्षेत्रमा रहेका अवसरहरु, नेपाल र मलेसियावीचमा पर्यटन प्रवर्द्धनको क्षेत्रमा हुनुपर्ने साझेदारीलगायतका विषयमा प्रकाश पारेका थिए ।

राजदूत पाण्डेले मलेसियन नागरिक तथा विदेशीहरुलाई नेपाल भ्रमणको निमन्त्रणा गर्दै मलेसिया भ्रमण वर्ष २०२० को सफलताको शुभकामनासमेत व्यक्त गरे ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ९ : २० बजे

इरानको मृत्युदण्डविरुद्ध ३२ देश

पेरिस- इरानमा प्रदर्शनकारी तथा सरकारविरोधी गतिविधिमा संलग्न व्यक्तिमाथि मृत्युदण्डको प्रयोग बढेको

स्वदेशमा उत्रिएपछि देउवाले भने, ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले करिब पाँच

सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्ष उद्घाटन (तस्बिरहरू)

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारस्थित मन्त्रालय

होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी झुन्डिएको अवस्थामा मृत भेटिए

भक्तपुर- भक्तपुरको मध्यपुरथिमि नगरपालिका-९, बोडेस्थित कृषि तालिम केन्द्रको होल्डिङ सेन्टरमा

‘सनरूफ’बाट हात हल्लाउँदै देउवा (तस्बिहरू)

काठमाडौं– साढे ५ महिनापछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति