‘प्रताप’ मा अनमोललाई अफर ! « Khabarhub

‘प्रताप’ मा अनमोललाई अफर !


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘कागजपत्र’ का निर्देशक अपिल विष्टले निर्देशन गर्ने फिल्म ‘प्रताप’ मा अनमोल केसीलाई अफर गरिएको छ । निर्देशक विष्टले अनमोललाई मुख्य भूमिकाका लागि अफर गरिएको खबरहबलाई बताए ।

फिल्मको स्किृप्टको पहिलो ड्राफ्टको फाइनल भइसकेको छ । निर्देशक विष्टले भूमिकाका लागि अनमोल केसी सकारात्मक देखिए पनि फिल्मको स्किृप्ट पढ्न चाहेको जानकारी दिए । ‘फिल्ममा अफर गरिएको हो, यो फिल्म बनिरहेको फिल्मभन्दा केही फरक पनि हुनेछ, अनमोललाई फरक भूमिकामा प्रस्तुत गर्न खोजिएको छ ।’, निर्देशक विष्टले भने ।

फिल्ममा नायिका भने पहिले नै तय भइसकेको समेत विष्टले बताए । यद्यपि फिल्ममा को नायिकालाई अनुबन्ध गरिएको छ भन्नेबारे निर्देशकले अहिले नै खुलाउन चाहेनन् । यो फिल्मको काम ०७६ मा थालिने पनि निर्देशकले बताए ।

‘नायिका फिक्स भइसकेको हो, हामीले अहिले रिभिल गर्न खोजेका छैनौँ, अनमोलसँग चाहिँ कुरा भइरहेको छ ।’, विष्टले थपे ।

विष्ट निर्देशित फिल्म ‘कागजपत्र’ को यतिबेला चर्चा छ । फिल्ममा नाजिर हुसेन, भोलाराज सापकोटा, शिल्पा मास्के लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो फिल्म चैत्र ८ गतेदेखि नेपालभर रिलिज हुँदैछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  १० : ०८ बजे

विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा

काठमाडौँ – स्पेनका कप्तान तथा विश्वकपका उत्कृष्ट खेलाडी रोड्री (रोड्रिगो

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।