‘प्रताप’ मा अनमोललाई अफर ! « Khabarhub

‘प्रताप’ मा अनमोललाई अफर !


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘कागजपत्र’ का निर्देशक अपिल विष्टले निर्देशन गर्ने फिल्म ‘प्रताप’ मा अनमोल केसीलाई अफर गरिएको छ । निर्देशक विष्टले अनमोललाई मुख्य भूमिकाका लागि अफर गरिएको खबरहबलाई बताए ।

फिल्मको स्किृप्टको पहिलो ड्राफ्टको फाइनल भइसकेको छ । निर्देशक विष्टले भूमिकाका लागि अनमोल केसी सकारात्मक देखिए पनि फिल्मको स्किृप्ट पढ्न चाहेको जानकारी दिए । ‘फिल्ममा अफर गरिएको हो, यो फिल्म बनिरहेको फिल्मभन्दा केही फरक पनि हुनेछ, अनमोललाई फरक भूमिकामा प्रस्तुत गर्न खोजिएको छ ।’, निर्देशक विष्टले भने ।

फिल्ममा नायिका भने पहिले नै तय भइसकेको समेत विष्टले बताए । यद्यपि फिल्ममा को नायिकालाई अनुबन्ध गरिएको छ भन्नेबारे निर्देशकले अहिले नै खुलाउन चाहेनन् । यो फिल्मको काम ०७६ मा थालिने पनि निर्देशकले बताए ।

‘नायिका फिक्स भइसकेको हो, हामीले अहिले रिभिल गर्न खोजेका छैनौँ, अनमोलसँग चाहिँ कुरा भइरहेको छ ।’, विष्टले थपे ।

विष्ट निर्देशित फिल्म ‘कागजपत्र’ को यतिबेला चर्चा छ । फिल्ममा नाजिर हुसेन, भोलाराज सापकोटा, शिल्पा मास्के लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो फिल्म चैत्र ८ गतेदेखि नेपालभर रिलिज हुँदैछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  १० : ०८ बजे

टोटी खोलामा पक्की पुल निर्माण थालियो

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन

चौध करोडमा अस्पताल भवन निर्माण

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १४ करोड १० लाखको लागतमा

अक्षरभित्र ब्रह्माण्डको ऐना

मनप्रसाद सुब्बा भारतीय-नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक

बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित

खजुरा– बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जनजीवन प्रभावित

हुल्म-मान्म सडक धमाधम कालोपत्र गरिँदै

मान्म– कर्णाली राजमार्गअन्तर्गत हुल्म–मान्म सडक धमाधम कालोपत्र भइरहेको छ ।