पृथ्वीजयन्तीमा सार्वजनिक बिदा « Khabarhub

पृथ्वीजयन्तीमा सार्वजनिक बिदा


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– पृथ्वीजयन्तीका अवसरमा विदुर नगरपालिका कार्यालय नुवाकोटले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणका नुवाकोट विजयबाट शुरु गरी साततले दरबार(विसं १८१९) बनाएर करीब २५/२६ वर्ष त्यहीँबाट राज्य सञ्चालन गरी राष्ट्रिय एकता गरेकाले उनलाई भुल्न नहुने जनाएको छ ।

यस्ता अभिभावकप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनको जन्मदिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए ।

नगरपालिकाको गत पुस १० गते बसेको पाँचौं  नगरसभा अधिवेशनले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ । गोरखाका राजा शाहको नेतृत्वमा विसं १८०१ असोज १५ गते नुवाकोट विजय भएको थियो ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ३ : १७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै