सेवाग्राहीसँग ४० हजार घुस लिँदै गर्दा मालपोतका खरिदार पक्राउ | Khabarhub Khabarhub

सेवाग्राहीसँग ४० हजार घुस लिँदै गर्दा मालपोतका खरिदार पक्राउ


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पश्चिम नवलपरासीस्थित भूमिसुधार तथा मालपोत कार्यालयका एक जना खरिदारलाई पक्राउ गरेको छ ।

मोही जग्गा बाँडफाँडमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट रु ४० हजार घुस लिएको आरोपमा खरिदार नेत्रबहादुर चौधरीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा अख्तियारको टोलीले आज दिउँसो कार्यालय परिसरबाटै भूमिसुधार शाखाका खरिदार चौधरीलाई रङ्गेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ६ : ४६ बजे

तराईमा खानेपानी र सिँचाइको अभाव भएकामा सांसदहरूको चिन्ता

काठमाडौं– तराईमा वर्षा नहुँदा खानेपानी र सिँचाइको अभाव भएको विषयमा

वैशाख १ को सन्देशले बिच्किएका ओलीले जब पूर्वराष्ट्रपति भण्डारीलाई फोनमा भने- तपाईंको सदस्यता पेन्डिङमा गयो

काठमाडौ– नेकपा माओवादी केन्द्रबाट उपराष्ट्रपति बनेका नन्दबहादुर पुनलाई अध्यक्ष पुष्पकमल

बन्दीगृहको आँखीझ्यालबाट विश्वेश्वरले चिहाएको ‘चतरा’

काठमाडौं – २०२१ सालताका सप्तकोशी नदी हालको उदयपुर जिल्लाको बेलका

एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच सहकार्य, ग्राहकलाई डिजिटल भुक्तानीमा २० प्रतिशत छुट  

काठमाडौं– एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रालिबीच बैंकका

निजामती सेवा विधेयकमाथि छलफल गर्न समितिमा पठाइयो

काठमाडौं – संघीय निजामती सेवा विधेयकलाई दफावार छलफलका लागि विधायन