अमेरिका–इरान द्वन्द्व चर्किएपछि यूएन मिशनमा तैथान नेपाली सेनालाई सुरक्षा सतर्कता अपनाउन निर्देशन « Khabarhub

अमेरिका–इरान द्वन्द्व चर्किएपछि यूएन मिशनमा तैथान नेपाली सेनालाई सुरक्षा सतर्कता अपनाउन निर्देशन


२३ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका–इरानबीच चर्किँदो द्वन्द्वलाई मध्यनजर गर्दै नेपाली सेनाले यूएन शान्ति मिसनमा तैथान नेपाली सेनालाई सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ।

इरानले इराकमा तैनाथ अमेरिकी सैन्य बेसमा बुधबार आक्रमणपछि नेपाली सेनाले यूएन मिसनमा रहेका आफ्ना युनिटहरुलाई आवश्यक सुरक्षा सतर्कता अबलम्वन गर्न निर्देशन दिएको हो ।

सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार एक विज्ञप्तिमार्फत उक्त स्थानमा तैनाथ नेपाली शान्ति सैनिकहरु सकुशल रहेको पनि जानकारी गराएको छ ।

सेनाले ईराकमा तैनाथ गार्ड युनिट लगायत युएनआईएफआईएल मिशन लेवनान, युएनडीओएफ मिशन र सिरियामा तैनाथ नेपाली सेनाका युनिटहरुलाईसमेत विशेष सुरक्षा सतर्कता अबलम्वन गर्न, परिस्थितिको निरन्तर अनुगमन गर्न तथा मिशन हेडक्वार्टर र शान्ति सेना सञ्‍चालन निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिएको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ७ : ०९ बजे

सबैलाई सँगै हिँडाएर अधिवेशनसम्म लैजान्छौँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अदालतको निर्णयले हार जीत

गैर कानुनी अभ्यास गर्ने अध्यागमनका दुई अधिकृतमाथि छानबिन जारी

काठमाडौं– अध्यागमन विभागले गैर कानुनी अभ्यास गर्ने दुई जना अधिकृतलाई जिम्मेवारीबाट

‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु

पर्वत– पर्वतको मोदी गाउँपालिकामा पहिलोपटक बोरिङमार्फत लिफ्ट खानेपानी आयोजना सुरु

विद्यार्थी र कर्मचारीका दलीय संगठन कुनै पनि हालतमा तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका

यूएईविरुद्ध नेपालले गुमायो तेस्रो विकेट, कुशल भुर्तेल रन आउट

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी