सामाजिक सुरक्षा भत्ता घरघमै लगेर वितरण « Khabarhub

सामाजिक सुरक्षा भत्ता घरघमै लगेर वितरण


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल–बुटवल उपमहानगरपालिकाले अशक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ ।

बुटवलको वडा नं १ ले वडामा रहेका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर भत्ता हस्तान्तरण गरेको छ । वडाध्यक्ष महेन्द्रप्रसाद लिगलले त्यहाँको नारायणथान टोलस्थित १०४ वर्षीया सेतीलक्ष्मी श्रेष्ठलाई चार महीनाको रु आठ हजार बराबरको सुरक्षा भत्ता हस्तान्तरण गरे ।

घरमै सामाजिक सुरक्षा भत्ता पाउँदा वडाका ज्येष्ठ नागरिक निकै खुशी भएका थिए । “वडाध्यक्षले घरमै आएर सामाजिक सुरक्षा भत्ता दिनुभयो, मलाई निकै खुशी लाग्यो”, वडा नं १ का ज्येष्ठ नागरिक जुलेखा खातुनले भनिन् ।

खातुनजस्तै चन्द्रमान शाक्य, पूर्णमान श्रेष्ठ, लोकबहादुर रणपाल, श्रीराम अग्रहरिसहित २७ लाई उहाँहरुकै घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइएको वडाध्यक्ष लिगलले जानकारी दिए ।

त्यस अवसरमा जनप्रतिनिधि, वडाध्यक्ष लिगलसहित मदनकुमार श्रेष्ठ, सतिष कषौधन, विष्णु नेपाली, वडासचिव गोकुल ज्ञवाली र सामाजिक परिचालिका विमला राजभण्डारीलगायतले ज्येष्ठ नागरिकको घरघरमै पुगेर भत्ता हस्तान्तरण गरेका थिए । यो वडामा हाल २३८ ले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् । लट्ठी टेकेर सामाजिक सुरक्षा भत्ता बुझ्न जानुपर्ने बाध्यतालाई जनप्रतिनिधि आएपछि सजिलो बनाइदिएको ज्येष्ठ नागरिक शीतल गुभाजुले भनिन्, “हामीलाई घरमै सरकार आएजस्तो भयो ।”

बुटवल उपमहानगरपालिकाले नगरका सबै १९ वटै वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ११ : २३ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको