स्वस्थानी व्रत लिनेहरुका लागि शुभ संयोग, चन्द्रग्रहणले असर गर्दैनः एस्ट्रो राज « Khabarhub

स्वस्थानी व्रत लिनेहरुका लागि शुभ संयोग, चन्द्रग्रहणले असर गर्दैनः एस्ट्रो राज


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यस वर्षको स्वस्थानी व्रत आजबाट प्रारम्भ भएको छ । यो वर्ष व्रत लिनेहरुका लागि निकै नै शुभ संयोग रहेको ज्योतिष शास्त्री एस्ट्रोलोजर राजले बताए ।

पुष २४ गतेबाट अस्त भएका देब गुरु बृहस्पति उदय भएकाले पनि व्रत आरम्भ गर्नका लागि कुनै समस्या नभएको उनले बताए । यस पटक शुक्रबारबाट व्रत आरम्भ हुने भएकाले यो अति नै शुभ संयोग मानिन्छ ।

व्रतको अवधिमै चन्द्र ग्रहण लाग्ने भए पनि यसको दोष नरहने र व्रत लिन चाहनेले सहज रुपमा लिन सकिने उनले बताए ।

आज लाग्ने चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभई (Prenumbral Lunar Eclipse) ‘पेनम्ब्रल’ चन्द्रग्रहण हो, जुन राति १० बजेर ५२ मिनेटमा शुरू भएर २ बजेर ५६ मिनेटमा सकिनेछ।

यस्तो खालको ग्रहणमा नाङ्गो आँखाले हेर्दा ठम्याउन सकिन्न तर धमिलो छायाँमा मात्र चन्द्रको स्वरुप केही भिन्न हुनेछ ।

त्यसैले सुतक लगायत अन्य वार्नुपर्ने भनेर पंचाङ्ग तथा पात्रोमा उल्लेख नगरिकाले कुनै प्रकारको दोष नलाग्ने उनको भनाइ छ ।

स्वस्थानी व्रतमा वालुवाको शिवलिंग बनाइ अर्चना गरिने भएको हुँदा विशेष महत्व छ । यो व्रत बस्नाले तत्काल फल पाइने विश्वास गरिन्छ । नियम र विधिपूर्वक, मन वचन र कर्मले स्वस्थानीको व्रत बस्नुपर्छ ।

अष्ट मातृका अर्थात आठवटा देवीको बिचमा रहनुभएकी यी स्वस्थानी माताको महिमा अपरम्पार रहेको जनविश्वास छ ।

हिन्दू शास्त्र अनुसार भगवान विष्णु स्वयंले माता पार्वतीलाई स्वस्थानी माताको व्रत बस्ने विधी ज्ञानोपदेश दिनुभयो र स्वयं नारायणले पूर्ण ज्ञान, व्रत कथा र व्रत साङ्ग्गे पनि गुरु स्वरुप भई माता पार्वतीको स्वस्थानी व्रत पूर्ण गरिदिनुभयो ।

माता पार्वतीले स्वस्थानी (अष्टमातृका, त्रिदेवी, लक्ष्मी, सरस्वती, गायत्री) माताको व्रत फलस्वरुप श्री महादेव स्वामी पाइन् र गुरु नारायणको आशिर्वादमा कैलाश पाइन् । सोही अनुरुप अहिलेसम्म गुरु श्री श्री श्री माधवनारायण भगवानलाई साक्षी राखि यो व्रत निरन्तररुपमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिदै आएको पाइन्छ ।

स्कन्द पुराणको हिमालय खण्डमा यसको महिमाबारे वर्णन गरिएको छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो।

उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको हो।

यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ।

हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउ भनी वाग्मतीको किनारमा बालुवाको शिवलिङ्ग बनाई श्री स्वस्थानीको व्रत बसेर मनोकाङ्क्षा पूरा भएपछि उनकै आज्ञाअनुसार लोककल्याणका लागि पृथ्वीमा बसोवास गर्नेहरुको सुख, शान्ति ऐश्वर्य प्राप्त होस कसैले दुख कष्ट भोग्न नपरोस भनेर प्रारम्भ भएको विभिन्न पुराणहरुमा उल्लेख गरिएको छ ।

स्वस्थानीको व्रतको शुरुवा भगवान् विष्णुको सल्लाहमा पहिलो पटक पार्वतीले गरेको पुराणहरुमा उल्लेख छ ।

महादेवकी पत्नी सतीदेवीले आफ्ना बाबुले गरेको यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रुपमा उनको जन्म भएको हो ।

असल सन्तान र सुख सम्पत्तिको तथा मनले चाहेअनुसार बिबाहको कामना सहित गरिने व्रत हो । बिधिपूर्वक बिहान र बेलुका स्वस्थानीको कथा वाचनसँगै श्रवण गरिन्छ । व्रत अवधिभर मुलुक भर शिवको मन्दिरमा पूजा तथा स्वस्थानीको पाठ सुन्ने प्रचलन रहिआएको छ ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ८ : ३८ बजे

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)

नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।