ए डिभिजन लिग: रोमाञ्चक अंक तालिका तर खेलाडीको अनुशासनमाथि प्रश्न ! | Khabarhub Khabarhub

ए डिभिजन लिग: रोमाञ्चक अंक तालिका तर खेलाडीको अनुशासनमाथि प्रश्न !



काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पाँचौ चरणका खेल सकिँदा अंक तालिका निकै रोमाञ्चक बनेको छ । तालिकामा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबलाई एक अंकले पछि पार्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा उक्लिएको छ ।

५ खेलबाट मनाङले ११ अंक जोड्दा समान ५ वटै खेलमा आर्मीले १२ अंकसहित लिगमा नेतृत्व गरिरहेको छ । अघिल्लो सिजन चौथो भएर खेल सकाएको विभागीय टोली आर्मीले अहिलेसम्म खेलेको ५ मध्ये एक मनाङसँग हार व्यहोरेको छ ।

लिगमा अपराजित रहेको मनाङले ३ मा जीत र दुई खेल बराबरी खेल्दै ११ अंकसहित शीर्ष स्थानको आर्मीलाई पछ्याइरहेको छ । जारी लिगमा आक्रामक रुपमा लिगमा उपस्थिती जनाएको मछिन्द्र क्लबले ३ खेलमा जीत र २ खेलमा बराबरी खेल्दै १० अंक जोडेको छ । जम्मा ११ अंक जोडेपनि मछिन्द्रले अघिल्लो बर्षको लिगमा रेलिगेसन जोनमा पर्दा १ अंक ऋण तिरेको हो ।

समान १० अंक रहेको थ्रीस्टार क्लबले ५ मा ३ जीत, एक बराबरी र एक खेलमा हारसहित अंक तालिकामा चौथो स्थानमा छ । यस्तै, लिगमा अप्रत्यासित नतिजासहित जावलाखेल लिगको पाँचौ स्थानमा छ ।

मनाङ र मछिन्द्रपछि जावलाखेल पनि लिगमा अपराजित टोली हो । उसले आफ्नो ५ खेलमा २ जीत र ३ बराबरी खेल्दै ९ अंक जोडेको छ ।
यी शीर्ष ५ टोलीबीचको अंकको फरक भने मात्रै ३ छ । पाँचौ स्थानको जावलाखेलभन्दा शीर्ष स्थानको आर्मी ३ अंकले अगाडि छ ।

खासमा यो वर्षको ए डिभिजन लिगमा मैदानमा रोमाञ्चक खेल धेरै कम टोलीहरुबीच मात्रै भएका छन् । तर, अंक तालिकालाई हेर्ने हो भने अहिले नै यस बर्ष कुन टोली च्याम्पियन बन्छ भनेर भन्न सकिने अवस्था छैन । चौथो चरणसम्म लिगमो नेतृत्व गरेको मनाङ पाँचौ चरणमा आउँदा दोस्रो भएको छ ।

यस्तै, तीन टोलीले अहिलेसम्म एक खेलमा पनि जीत हात पार्न सकेका छैनन् । हिमालयन शेर्पा क्लब, फ्रेन्ड्स क्लब र सरस्वती युवा क्लबले लिगमा अहिलेसम्म कुनै पनि जीत हात पार्न सकेका छैनन् । यी तीनवटा क्लब क्रमश : लिगको पुछारमा छन् ।

अन्तिम तथा १४ औं स्थानमा रहेको सरस्वतीले त अंक तालिकामा खाता समेत खोल्न सकेको छैन । यस्तै, १२ औं स्थानको हिमालयन शेर्पाको ३ र १३ औंमा रहेको फ्रेन्ड्सको २ अंक रहेको छ ।

यस लिगमा गोल संख्या पनि अघिल्लो बर्षको भन्दा धेरै हुने देखिएको छ । अघिल्लो वर्ष व्यक्तिगततर्फ सबैभन्दा धेरै गोल गर्ने खेलाडी रञ्जीत धिमाल, भरत खवास र अफिजे ओलावालेले समान ७ गोल गरेका थिए ।

यस वर्ष आधा जति खेलपनि नसकिँदा व्यक्तिगत तर्फ च्यासलका सन्तोष साहुखलले ५ गोल गरिसकेका छन् । उत्कृष्ट लयमा रहेका उनले यसै वर्ष सहिद स्मारक ए डिभिजन लिगमा ऐतिहासिक सय गोल पनि पूरा गरेका छन् भने ४८ जना खेलाडीले गोल गर्दा जम्मा गोल संख्या ६८ पुगेको छ ।

अनुशासनमा कमजोर !

अनुसाशनमा पनि यो वर्षको लिगमा केही प्रश्न उठ्ने गरि खेलाडीहरुले कार्ड खाइरहेका छन् । त्यतिमात्रै होइन कतिपय खेलमा खेलाडीको खेल टेक्निकल भन्दा शारीरिक भएको जानकारहरु बताउँछन् ।

गएको सोमबार दशरथ रंगशालामा भएको मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीचको खेलमा त मैदानमै खेलाडीबीच कुस्ती चल्यो ।

उक्त खेलमा हातहालाहालमा उत्रिएका ६ जना खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुसाशन समितिले कारबाही समेत गरिसकेको छ ।

खेलकुदमा ‘फेयर प्ले’ को विषयलाई महत्व दिने गरिन्छ । तर, नेपालको शीर्ष डिभिजन लिगमा भने फेयर प्लेको मर्म खेलाडीले नबुझेको अनुभुती भइरहेको जानकार बताउँछन् ।

अहिलेसम्मका खेलमा ८ जना खेलाडीले रातो कार्ड खाइसकेका छन् । जबकी अघिल्लो बर्ष सिजनभरी १० जना खेलाडीले मात्रै रातो कार्ड पाएका थिए ।

त्यस्तै, पहेंलो कार्ड अहिलेसम्म ५८ जना खेलाडीले पाएका छन् । लिग कमिटि संयोजक सञ्जिव मिश्र लिगमा कार्ड संख्या बढ्नुले राम्रो संकेत नगर्ने बताउँछन् ।

‘झगडा गरेर रातो कार्ड पाउनु पक्कै पनि राम्रो काम होइन । कतिपय समय दुई पहेंलो कार्डले गर्दा रातो कार्ड भइरहेको हुन्छ । तर, यसरी कार्ड खाने अवस्था शृजना हुनु राम्रो संकेत होइन,’ संयोजक मिश्रले भने,‘रातो कार्डको संख्या बढ्नु राम्रो कुरा होइन । यसमा नियन्त्रण गर्नु पर्छ ।’

सर्वाधिक गोलकर्ता

सन्तोष साहुखल (च्यासल युवा क्लब) ५
सोमिडे एडिलाजा (मछिन्द्र क्लब) ३
विमल राना (मनाङ मर्स्याङ्दी क्लब) ३
आशिष लामा (एपीएफ क्लब) ३
सुमन लामा (नेपाल पुलिस क्लब) ३

रातो कार्ड

खेलाडीकाे नाम 

दिपेन्क राज सिंह (ब्रिगेड व्वाईज) क्लब १
जोर्डन जेआर (न्युरोड टिम एनआरटी) १
निरज बस्नेत (हिमालयन शेर्पा क्लब) १
अञ्जन राई (नेपाल पुलिस क्लब) १
अशोक बराल (मनाङ मर्स्याङ्दी क्लब) १
एकराज बुढाथोकी (मनाङ मर्स्याङ्दी क्लब) १
लक्ष्मण रुचाल (संकटा क्लब) १
सुमन अर्याल (आर्मी क्लब) १

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  २ : ४५ बजे

एमालेको विजय जुलुसका सहभागी सवार पिकअप दुर्घटना, १५ जना घाइते

इलाम– इलाम बजारमा मंगलबार आयोजित नेकपा एमालेको विजय जुलुस र

मतदाताको शिर झुक्न दिने छैन : सुहाङ नेम्बाङ

फिक्कल– इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ

पहिचानवादीलाई सुहाङले भने : नेपाल इन्द्रेणीको रङ जस्तै हो, सबै जातिको हित हेर्नुपर्छ

काठमाडौं – नेकपा एमाले इलाम क्षेत्र नं २ का नवनिर्वाचित

कमल थापा भन्छन्- ‘राष्ट्रवादी शक्तिहरू एकजुट भएर नयाँ शिराबाट सोच्नुपर्ने समय आयो’

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सबै राष्ट्रवादी शक्तिहरू एकजुट

हिमालबाट दुई टनभन्दा बढी फोहोर संकलन

काठमाडौं– सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट करिब २ टनभन्दा