नेपाली युवाका लागि वैदेशिक रोजगारी फेशन बनिरहेको छ– मन्त्री विष्ट | Khabarhub Khabarhub

नेपाली युवाका लागि वैदेशिक रोजगारी फेशन बनिरहेको छ– मन्त्री विष्ट


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले नेपाली युवाका लागि पछिल्लो समय वैदेशिक रोजगारी ‘फेशन’ बन्दै गएको बताएका छन् । राष्ट्रिय युवा नेतृत्वले मंगलबार राजधानीमा आयोजना गरेको कार्याक्रम वोल्दै मन्त्री विष्टले देशभित्रै राम्रै काम गरिरहेका युवा पनि जागिर नै छोडेर वैदेशिक रोजगारीमा जाने क्रममा बढीरहेकोमा चिन्त प्रकट गरे ।

देशभित्रै रोजगारीका अवसर निर्माण गरेर श्रमिकको भविष्य सुनिश्चत गर्न सरकारले काम गरिरहेको मन्त्री विष्टले बताए । ‘श्रम मन्त्रालयले श्रमिकको भविष्यसँग जोडिएको सामाजिक सुरक्षा कार्याक्रम सञ्चालनमा ल्याएको छ । वेरोजगारी युवालाई रोजगारी दिन उद्देश्यले अथवा देशभित्रै युवालाई उद्यमी बनाएर बेरोजगारी समस्या समाधान गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्याक्रम सञ्चालनमा ल्याएको हो’ मन्त्री विष्टले भने,‘विगतमा वेरोजगार युवा हातमा प्रमाणपत्र बोकेर रोजगारी खोज्न हिँडने गरेका थिए । तर, आज राज्यले नै बेरोजगार युवा खोजेर काम लगाउन तत्पर हुँदै छ ।’

देशभित्रै रोजगारीसँगै आर्थिक समृद्धिका लागि कसरी अगाडि बढने भनेर सरकारले योजना बनाएर काम गरिरहेको उनको भनाइ छ ।
नेपालमा रोजगारीका धेरै सम्भावना रहेको र अगामी दिनमा सरकारले रोजगारीको पहिचान गरेर युवालाई आन्तरिक श्रम बजारमा व्यवस्थापन गदै लैजाने श्रम मन्त्रालयका सहसचिव प्रकाश दाहालले बताए । उनले भने, ‘श्रम मन्त्रालय स्थानिय तहसँग समन्वय गरेर बेरोजगार र रोजगारीका लागि आवश्यक तंथ्याक संकलन गरिरहेको छ । अब, श्रम मन्त्रालयले रोजगारीसँग युवालाई उद्यमी बनाउन योजना लिएको छ ।’
यस्तै नेपालका लागि अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलो) का प्रमुख रिचाड ओवडले नेपालभित्र रोजगारीका धेरै ठूला सम्भावना रहेको बताए ।
पछिल्लो समय सरकारले ऐन नै बनाएर अन्तरिक श्रम बजार व्यवस्थापन गर्नु खोज्नु सकारत्मक भएको उनको भनाइ छ ।
सरकारले देशभित्रको रोजगारीमा युवाको आकर्षण बढाउन बजेटमा नै युवामैत्री र रोजगारका विषेश कार्याक्रम ल्याएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले बताए ।
देशभित्र करिब ४४ प्रतिशत युवा रहेको उनीहरुमध्ये करिब ३० प्रतिशत रोजगारीको खोजीमा विदेशीने गरेको राष्ट्रिय युवा नेतृत्वको अध्ययनमा उल्लेख छ । सवै भन्दा धेरै २१ देखि ३४ वर्ष उमेर समुहका युवा रोजगारीका खोजीमा विदेशिने गरेको नेतृत्वले बताएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  २ : १८ बजे

सांसदले भने – सार्वजनिक ऋण २६ अर्ब नाघ्यो, राजस्वले साधारण खर्चसमेत धानेन

काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रपति

महत्वपूर्ण विधेययक पारित गर्न सदनसमक्ष प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीतिहरू कार्यान्वयनका लागि विचाराधीन

सुकुम्बासी समस्या, विपद् व्यवस्थापन, सडक पूर्वाधारमा सरकारको ध्यानाकर्षण : यस्ता छन् शून्य समयमा सांसदका कुरा

काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठक सांसदहरूले भूमिहीन सुकुम्बासीको समस्या, विपद् व्यवस्थापन,

‘कुश्मामा रेल’ शैलीमा ओलीले गरे कर्णाली विकासको दाबी

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रचण्ड चाहिँ धरानमा लिम्बुवानको कार्यक्रममा व्यस्त

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन्