महिला गोल्डकप प्रतियोगितामा नेपालकाे पहिलो प्रतिद्वन्द्वी म्यान्मार | Khabarhub Khabarhub

महिला गोल्डकप प्रतियोगितामा नेपालकाे पहिलो प्रतिद्वन्द्वी म्यान्मार


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– भारतको भूवनेश्वरमा यही माघ २६ गतेदेखि फागुन ३ गतेसम्म हुने महिला गोल्डकप प्रतियोगितामा नेपालले पहिलो प्रतिद्वन्द्वी म्यान्मा पाएको छ ।

भारतीय फुटबल महासङ्घले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल यही माघ २६ गते म्यानमारसँग खेल्नेछ । आसन्न साफ च्याम्पियनसिप र ओलम्पिक छनोटलाई लक्षित गर्दै भारतले प्रतियोगिताको आयोजना गरेको हो ।

अन्तिम समयमा श्रीलङ्काले प्रतियोगिता नखेल्न जनाएपछि इरानलाई प्रतियोगितामा सहभागी गराइएको महासङ्ले जनाएको छ । प्रतियोगितामा नेपालसहित इरान, म्यान्मा र आयोजक भारत सहभागी छन् । नेपालले दोस्रो खेलमा यही माघ २८ गते भारतसँग र तेस्रो खेलमा नेपालले आगामी फागुन १ गते इरानसँग खेल्नेछ ।

राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल खेल फागुन ३ गते हुनेछ । प्रतियोगिताको तयारीका लागि नेपाली टोली अहिले झापामा बन्द प्रशिक्षणमा रहेको छ ।

नेपाली टोलीमा गोलकिपर एन्जिला तेम्वाप्पो सुब्बा, अन्जना रानामगर, उषा नाथ, डिफेन्डर हीराकुमारी भुजेल, गीता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, सुनिता चौधरी, पुजा राना, मनमाया लिम्बू, मिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, दीपा राई, मञ्जली योञ्जन, शर्मिला थापा, सरु लिम्बू, रेनुका नगरकोटी र स्ट्राइकरमा अनु लामा, रेखा पौडेल, निरु थापा (कप्तान), सावित्रा भण्डारी तथा अनिता केसी छन् ।

पहिलो पटक साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित नेपाली महिला टोली पूर्वराष्ट्रिय खेलाडी हरि खड्काको प्रशिक्षणमा छ । झापाबाट नेपाली टोली मङ्गलबार भारत जाने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ५ : ३८ बजे

आक्रमणअघि गाजा छोड्न इजरायली सेनाको निर्देशन

जेरुसेलम- इजरायली सेनाले गाजा सहरका बासिन्दाहरूलाई शनिबार योजनाबद्ध आक्रमणअघि यस

रामेछाप बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

रामेछाप– यहाँको रामेछाप नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको

दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलनमा सहभागी नहुने ट्रम्पको घोषणा

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यमा दक्षिण

एमाले विधान महाधिवेशन : विभिन्न प्रतिवेदनमा समूहगत छलफल

काठमाडौं– नेकपा एमालेको जारी दोस्रो विधान महाधिवेशनअन्तर्गत प्रस्तुत विभिन्न प्रतिवेदनहरूमा

लुम्बिनी भ्रमणमा भारतीय प्रधानन्यायाधीश गवई

लुम्बिनी– भारतका प्रधानन्यायाधीश भुषण रामकृष्ण गवईले आज भगवान् गौतम बुद्धको