कसले गरिरहेको छ नाजिरलाई ‘मुस्लिम’ भन्दै गाली ? « Khabarhub

कसले गरिरहेको छ नाजिरलाई ‘मुस्लिम’ भन्दै गाली ?


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘कागजपत्र’ मार्फत दर्शकमाझ हाजिर हुन लागेका अभिनेता नाजिर हुसेन यतिबेला तनावमा छन् । उनको तनाव बढ्नुको कारण फिल्म नभएर यतिबेला उनको धर्म बन्न पुगेको छ ।

केही हप्तादेखि सामाजिक सञ्जाल फेसबूक तथा इन्स्टाग्राममार्फत नाजिर हुसेनलाई ‘मुस्लिम’ भन्दै छद्म एकाउन्टबाट गालीको वर्षा हुन थालेपछि हुसेन तनावमा परेका हुन् ।

आज (मंगलबार) चलचित्र ‘कागजपत्र’ को प्रचारका क्रममा भेटिएका हुसेनले पत्रकारहरुसँग कुरा गर्दै आफूले आइरहेका विभिन्न म्यासेजले दुःखी बनाएको बताए । आफूलाई किन र केका लागि कसले यसरी छद्म एकाउन्टबाट गाली गरिरहेको छ भन्ने बुझ्न नसकेको उनले बताए ।

‘इन्स्टाग्राममा फेक खाता बनाएर मलाई गाली गर्नुभएको छ, गाली गर्ने सबै खाता फेक छन्,’ नाजिरले भने, ‘फेसबूक पेजमा पनि मुस्लिम भन्दै गाली आएको देख्दा दुःख लाग्छ, हुन त यो मेरो नभएर उहाँहरूको समस्या हो ।’

साथै उनले आफू मुस्लिम हुँदा यसरी अरुलाई गाली गर्न नहुने धारणा राखे । उनलाई गाली गर्ने ती फेक एकाउन्टहरु भारत तथा अन्य देशबाट भएको पनि उनले बताए ।

‘कहिलेकाहीँ त ती फेक एकाउन्टहरुको पहिचान गरेर कानूनी कारवाहीको बाटो खोजौँ कि झैँ लाग्छ, तर धेरै एकाउन्टहरुको लोकेशन विदेशमा देखाउँछ, त्यसैले म बोलेर केही हुन्छ झैँ लाग्दैन ।’, उनले दुखेसो पोखे ।

त्यसो त कतिपयले भारत र पाकिस्तान सीमानामा द्वन्द्व चर्किएपछि नेपालका मुस्लिम कलाकारलाई पनि हिन्दूवादीहरुले गाली गर्ने गरेको  अड्कल काटेका छन् । तर, नाजिरले भने फेक खाता भएकाले कानूनी कदम चाल्न चाहेनन् ।

केही दिनदेखि सामाजिक सञ्जालमार्फत म्यासेज तथा कमेन्ट गरेर सबै मुस्लिम ‘आतंककारी’ भएको भन्दै म्यासेज पठाउने गरेको नाजिरले बताए ।

‘खासै ठूलो त लागेको थिएन, तर कतिले त मलाई धम्की नै दिनुभएको छ ।’, उनले सुनाए ।

यता नाजिर चैत्र ८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘कागजपत्र’ को प्रचारमा व्यस्त छन् । यो फिल्मलाई अपिल विष्टले निर्देशन गरेका हुन् भने नाजिरलाई शिल्पा मास्केको अपोजिटमा देख्न सकिनेछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ३ : २९ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा