सस्तो खालको आइफोन आउँदै, कति पर्छ मूल्य ? | Khabarhub Khabarhub

सस्तो खालको आइफोन आउँदै, कति पर्छ मूल्य ?


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एप्पलले अब सस्तो खालको आइफोन पनि सार्वजनिक गर्ने भएको छ । एप्पलले सन् २०१६ मा नै आइफोन एस इ रिलिज गरेको थियो जुन आइफोन नै एप्पलको सबैभन्दा सस्तो र बजेट आइफोन रहेको थियो ।

उक्त आइफोन एस इ रिलिज भएको लगभग ४ वर्ष पछि एप्पलले आइफोन एस इ दुई रिलिज गर्ने भनिएको छ । बजेट आइफोनको फिचरहरु लिक भएको छ । जस अनुसार बजेट आइफोनमा ४.७ इन्चको नच नभएको डिस्प्ले हुनेछ र उक्त आइफोनको डिजाइन आइफोन ६ वा आइफोन ७ सँग मिल्दो हुनेछ ।

आइफोन एस इ को तुलनामा यस आइफोन मोटो हुने र निकै ठूलो हुने अनुमान गरिएको छ । यस आइफोनको पछाडीको भाग सिसाले बनेको हुनेछ । यसर्थ, बजेट आइफोनमा पनि वायरलेस चार्जिंग प्रविधि हुनसक्ने सम्भावना रहेको छ ।

अगाडी पुरानो आइफोनहरूमा जस्तै होम बटन हुनेछ र उक्त होम बटनमा फिंगरप्रिन्ट स्क्यानर पनि हुनेछ । नयाँ आइफोनहरूमा होम बटन हटाइएको छ र फिंगरप्रिन्ट स्क्यानर उपलब्ध गराइएको छैन – फिंगरप्रिन्ट स्क्यानरको सट्टामा अनुहार स्क्यान गर्न मिल्ने प्रविधि राखिएको छ । अनुहार स्क्यान गरेर आइफोन अनलक गर्न मिल्ने प्रविधि अर्थात् फेस आइडी भने बजेट आइफोनमा उपलब्ध हुने छैन ।

उक्त स्रोत कै अनुसार यस नयाँ बजेट आइफोनमा ३ जीबी र्याम र नया ए १३ बायोनिक प्रोसेसर हुनेछ । यो प्रोसेसर नयाँ महंगा आइफोनहरूमा प्रयोग भएको प्रोसेसर हो । यो कुरा सत्य भएको खण्डमा बजेट आइफोन पनि महंगा फ्ल्याग्शिप आइफोनहरू जतिकै फास्ट हुनेछ ।

यसै गरेर बजेट आइफोन ६४ जीबी वा १२८ जीबी स्टोरेजमा उपलब्ध हुने पनि उल्लेख गरिएको छ । ६४ जीबी स्टोरेज भएको बजेट आइफोनको मूल्य ३९९ अमेरिकी डलर हुने दाबी पनि उक्त स्रोतले गरेको छ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  २ : ५२ बजे

आम्दानीको स्रोत बन्दै भैंसे सिमी

दोलखा– जिल्लाको जिरी नगरपालिका-६ बुलडाँडा गाउँका स्थानीय शेर्पा समुदायले तरकारी

बागमतीका मुख्यमन्त्री लामाले आइतबार सशर्त राजीनामा दिने

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिने भएका

सहकर्मीबाटै किशोरीको ह*त्या, युवक पक्राउ

धनगढी– कैलालीमा १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी

दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह

कैलाली– यहाँको धनगढी उपमहानगरपालिका–७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी

अन्तरविरोधका बीच माओवादी केन्द्रको बैठक, समसामयिक विषयमा छलफल

काठमाडौं- नेकपा माओवादी केन्द्रमा पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड