आमाले एयरपोर्टमा बच्चा भुल्दा पाइलटले गराए इमरजेन्सी ल्याण्डिङ « Khabarhub

आमाले एयरपोर्टमा बच्चा भुल्दा पाइलटले गराए इमरजेन्सी ल्याण्डिङ


२८ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेदाह– विमानस्थलबाट उडान भरिसकेको विमान तबमात्रै एयरपोर्ट फर्किन पाउँछ, जब कुनै आपतकालीन अवस्था सिर्जना हुन पुग्छ । तर, साउदी अरबमा एक महिलाले विमानस्थलमा आफ्नो बच्चा भुल्दा पाइलटले विमानलाई आकस्मिक अवतरण गराएका छन् ।

समाचारका अनुसार फ्लाइट SV832 जेदाहबाट क्वालालम्पुरका लागि उडान भरिसकेको थियो, विमानमा सवार एक महिलाले आफ्नो बच्चा विमानस्थलमै छुटेको बताइन् ।

महिलाको समस्या सुनेपछि पाइलटले एयर ट्राफिक कन्टोलमा सम्पर्क राखे ।

घटनासँग सम्बन्धित एक भिडियो पनि सार्वजनिक भएको छ । जसमा एयर ट्राफिक कन्ट्रोल (एटीसी)का कर्मचारी आफ्ना सहकर्मीलाई सोधिरहेका छन् कि यस्तो अवस्थामा के गर्न मिल्छ ? भनेर । त्यसपछि उनले पाइलटलाई समस्याबारे स्पष्ट रुपमा खुलाएर भन्न अनुरोध गर्छन् । पाइटल भन्छन् कि विमानमा सवार एक महिला किङ्ग अब्दुल अजिज इन्टरनेशनल एयरपोर्टमा आफ्नाे बच्चा भुलेको बताइरहेकी छन्, साथै ति महिला यात्रा जारी राख्न चाहिरेकी छैनन् ।

त्यसपछि एटीसीले पाइलटलाई फ्लाइट विमानस्थलतर्फ फर्काउन अनुमति दिन्छन् ।

अहिले सामाजिक सञ्चालमा मानवीयताको पक्षमा निर्णय लिएको भन्दै मानिसहरुले पाइलटको प्रसंशा गरिरहेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५, मंगलबार  ३ : १३ बजे

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको