गोंगबुबाट पेस्तोलसहित दुई जना पक्राउ « Khabarhub

गोंगबुबाट पेस्तोलसहित दुई जना पक्राउ


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको गोंगबुबाट दुई जना हतियारसहित पक्राउ परेका छन् । कारमा हतियार लुकाइएर ल्याएको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले शनिवार गणेशमान चारनाथ नगरपालिका ७ धनुषाका २४ वर्षीष धर्मेन्द्र पासवान र विष्णुपुर गाउँपालिका ६ सिरहाका ४१ वर्षीय दिनेशकुमार साहलाई ६ वटा गोली लाग्ने पेस्तोलसहित पक्राउ गरेको हो ।

विशेष सुराकीको आधारमा बा १५च ७५२६ नम्बरको कारमा चेक जाँच गर्दा पछाडिको सिटमा लुकाएर ल्याएको अवस्थामा उक्त हतियार फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरु हतियार व्यवसायी भएको र तराइबाट काठमाडौँमा हतियार सप्लाइ गर्ने कार्यमा संलग्न रहेको प्रहरीको अनुमान छ । पक्राउ परेका दुबैजनालाई हिरासतमा लिइ आवश्यक अनुसन्धान बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ५ : १५ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको