मुलुकलाई विवादमा पर्ने प्रयास हुनु हुँदैन–पूर्व राजा ज्ञानेन्द्र « Khabarhub

मुलुकलाई विवादमा पर्ने प्रयास हुनु हुँदैन–पूर्व राजा ज्ञानेन्द्र


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाहले देशको सबै भूभागको रक्षा तथा समग्र नेपालीको समृद्धिका लागि गहकिलो प्रयास हुनुपर्ने बताएका छन् ।

२९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर एक शुभकामना सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाल सदा स्वतन्त्र, शान्त, अविभाज्य र अखण्ड रहनु पर्ने बताएका छन् ।

‘हाम्रा पुर्खाको पौरखले जोडिएको, जगेर्ना गरिएको हिमाल, पहाड, तराई मिलेर बनेको हाम्रो यो प्यारो मातृभूमि नेपाल सदा स्वतन्त्र, शान्त, अविभाज्य र अखण्ड रहनु पर्दछ’ विज्ञप्तिमा भनिएको छ,‘देशका सबै भूभागको रक्षा तथा समग्र नेपालबासीको समृद्धिका लागि गहकिलो प्रयास हुनै पर्दछ ।’

पूर्व राजा शाहाले माटोको सम्मानमा बोल्ने नहुने, राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पर्ने एवं मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पर्ने प्रयास कतैबाट पनि हुन नहुने जनाएका छन् ।

‘सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन’ उनले विज्ञप्तिमा भनेका छन् ।

पूर्व राजा शाहले पृथ्वी नारायण शाहका दिव्य उपदेशहरु आधुनिक नेपाल अधिराज्य निर्माणको प्रकृयामा आज पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक रहेको बताएका छन् ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ५ : ५५ बजे

अस्पतालको बेडबाट गायिकाको याचना : उपचारका लागि पैसा छैन, ऋण फिर्ता दिनुहोस्

काठमाडौं- लोक गायिका कोपिला गौतमले मंगलबार एक तस्बिर सेयर गरिन्,

युक्रेनमा रूसी आक्रमण तीन जनाको मृत्यु, २४ घाइते

एजेन्सी– युक्रेनको जापोरिजिया क्षेत्रमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेनको सैन्य नेतृत्वमा व्यापक फेरबदल, युद्ध रणनीतिमा सुधारको संकेत

एजेन्सी– रुसविरुद्धको युद्धलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित युक्रेनले आफ्नो सैन्य

गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न सरकारले बनायो समिति

काठमाडौं– सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा

बीपीकै नाममा रोपियो कांग्रेसमा फुटको बिउ : गगनलाई गाली गर्दै इतर पक्षीय नेताहरूले उठाए नयाँ पार्टीको बहस

काठमाडौं- जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसभित्रको आन्तरिक