अस्पतालको बेडबाट गायिकाको याचना : उपचारका लागि पैसा छैन, ऋण फिर्ता दिनुहोस् « Khabarhub

अस्पतालको बेडबाट गायिकाको याचना : उपचारका लागि पैसा छैन, ऋण फिर्ता दिनुहोस्


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लोक गायिका कोपिला गौतमले मंगलबार एक तस्बिर सेयर गरिन्, उनी अस्पतालको बेडमा थिइन्, टाउकोमा एउटा पनि कपाल थिएन ।

उनको अनुहारले नै प्रष्ट पार्थ्यो कि बिमार छिन् । हुन त अनुमान र अड्कलको आवश्यक नै थिएन, उनले लामो क्याप्सनको सुरुवातमै लेखेकी थिइन्, ‘अस्पतालको बेडबाट याचना । १७ औं किमोथेरापी । पैसा सापटी लिएर नतिर्नेहरू सबैका नाममा ।’

गायिका गौतमका अनुसार उनले दुई पटक क्यान्सरलाई पराजित गरिसकेकी हुन् । तेस्रो पटक उनलाई क्यान्सर देखियो । अनि १७ औं किमो चढाइसकेको छ ।

उनलाई अहिले उपचारका लागि पैसा आवश्यक छ । तर, ऋण लगेकाहरूले फिर्ता नलिएपछि उनी सार्वजनिकरुपमा बोल्न बाध्य भएकी हुन् । त्यो पनि क्यान्सर अस्पतालको बेडबाट ।

उनले ऋण फिर्ता नगर्नेलाई संकेत गरेर स्ट्याटस लेख्नुको कारण स्पष्ट खुलाएकी छन्, ‘आज म तेस्रो पटक क्यान्सरसँग लडिरहेकी छु । यो मेरो रहरको लडाइँ होइन, बाँच्नका लागि लडिरहेको युद्ध हो । उपचारका लागि हरेक रुपैयाँको मूल्य मलाई मात्र थाहा छ । सहयोग जुटाएर, ऋण गरेर यहाँसम्म आएँ । आफ्नो पैसा आइहाल्छ नि भनेर लिएको ऋणमा पनि तपाईंका कारण बेइमानी भइरहेका छौं । मैले पाउने मेरो पैसा विलासिताका लागि होइन, मेरो उपचारका लागि हो । म बाँच्नको लागि हो । अझै पनि मेरो जीवनमाथि खेलवाड नगरिदिनुहोस् । कृपया मेरो पैसा फिर्ता गरिदिनुहोस् ।’

आफ्नो रहर र इच्छा नहुँदा पनि जीवन बचाउनका लागि ऋण फिर्ता नगर्नेहरूलाई अस्पतालको बेडबाट सार्वजनिक रुपमा स्मरण गर्नु परेको उनको आशय छ ।

उनले अगाडि लेखेकी छन्, ‘मलाई यसरी सामाजिक सन्जालमा लेख्ने रहर थिएन तर अब पनि चुप बस्दा मेरो एउटै बिकल्प रहयो चुपचाप मृत्यु रोज्नु ।’

अब पनि पैसा फिर्ता नगर्नेको नाम सप्रमाण फेसबुकमा राख्ने उनले चेतावनी दिएकी छन् ।

गायिका गौतमले यस्तो गम्भीर प्रकृति रोगबाट जीवन बचाउन अस्पतालको बेडबाट रकम जुटाउने गरेको संघर्ष आफैँमा दर्नानाक छ । यसले देशको स्वास्थ्य अवस्थाको दयनीय अवस्थाको पनि उजागर गर्छ ।

शरीर शिथिल भएर अस्पतालको बेडमा पुग्दा पनि उपचारका लागि बिरामी आफैँले रकम जुटाउन संघर्ष कहिलेसम्म गर्नुपर्ने हो ? यसले राज्यको नालायकीपन पनि देखाउँछ ।

गायिका गौतमको फेसबुक पोस्टको लिंक : https://www.facebook.com/share/p/1BboGhrwrk

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ५ : ०६ बजे

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट

बाढीपहिरो प्रभावितको राहतका लागि राष्ट्रसेवक कर्मचारीले २ देखि १० दिनसम्मको तलब सहयोग गर्ने

काठमाडौँ- सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार

सहकारी ठगी : इच्छाराजसहित १७ जना दोषी ठहर

काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

काठमाडौं – हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना