देउवाले पार्टी सञ्चालनको योजना ल्याउँछन् भनेर चार वर्ष चुप लागेर बसें–महामन्त्री कोइराला « Khabarhub

देउवाले पार्टी सञ्चालनको योजना ल्याउँछन् भनेर चार वर्ष चुप लागेर बसें–महामन्त्री कोइराला


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको बताएका छन् ।

चितवनमा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गरे ।

उनले भने, “म चार वर्षसम्म चुप लागेर बसेको हुँ । पार्टी सञ्चालनका लागि कुनै नयाँ योजना आउँछन् कि भनेर तर आएन । अबको महाधिवेशनले अहिलेको नेतृत्व परिवर्तन गर्छ ।”

शुरुमा नै पार्टी नेतृत्वको विरोध गर्दा पार्टी नै विभाजन हुने भएकाले समय कुरेर बसेको उनको भनाइ थियो । अहिलेसम्म सङ्गठन विस्तार, विभाग गठन, पार्टी सञ्चालन प्रक्रियामा कुनै स्पष्ट खाका आउन सकेको छैन कोइरालाले थपे ।

सभापतिप्रति कडारुपमा प्रस्तुत बनेका महामन्त्री कोइरालाले अबका दिनमा कांग्रेसले के गर्दा देश उन्नतितर्फ जान्छ भन्ने सोच्नुपर्ने बताए । सरकारले पनि केही गर्न नसक्ने र प्रतिपक्षले पनि केही नगर्दा जनतामा निराशा छाएको उनको भनाइ छ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  १० : १५ बजे

परमा एकादशी : बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्बिरहरू)

काठमाडौं– परमा एकादशीको अवसरमा आज बिहानैदेखि बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको ठूलो

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

नवलपरासी– पश्चिम नवलपरासीका किसानले रोपाइँ सुरु गरेका छन् । गण्डक

विश्वकप उपाधिको भविष्यवाणी : स्पेन र फ्रान्स मुख्य दाबेदार, कसरी गरियो अनुमान ?

काठमाडौँ – फुटबल जगतकै सबैभन्दा ठूलो महोत्सव ‘फिफा विश्वकप २०२६’

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आजपनि सुनको मूल्य घटेको लागेको छ ।

कांग्रेस क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आज सकिँदै

काठमाडौँ– नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकका लागि तोकिएको समय आज